खेल

नमिताले विश्व शारीरिक सुगठनमा नेपाललाई दिलाइन् रजत पदक

नमिताले विश्व शारीरिक सुगठनमा नेपाललाई दिलाइन्  रजत पदक

काठमाडौं । मंगोलियाको उलन्बटारमा जारी नवौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा नेपाली खेलाडी ननिता महर्जनले रजत पदक जितेकी छन् ।

ननिताले आइतबार महिला १६० सेन्टीमिटर उचाईमा रजत जितेकी हुन्। फाइनलमा ननितासहित मंगोलिया, इटाली र भियतनामका गरी ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । मंगोलियाले स्वर्ण जित्दा इटालीले कांस्यमा चित्त बुझायो ।

खेल्न सुरु गरेको छोटो अवधिमा ननिताले विश्व शारीरिक सुगठनमा पदक जितेको यो दोश्रो अवसर हो । गत वर्ष थाइल्यान्डमा भएको यसै प्रतियोगिताको आठौं संस्करणमा ननिताले ऐतिहासिक कांस्य जितेकी थिइन् । त्यो कांस्य पदक नेपाली शारीरिक सुगठनको इतिहासमा कुनैपनि नेपाली महिला खेलाडीले जितेको पहिलो पदक थियो ।

विशेष