मनोरञ्जन

यी हुन् भारतीय नायक-नायीका जसको सम्बन्ध सलमानसँग पानी बाराबार छ

यी हुन् भारतीय नायक-नायीका जसको सम्बन्ध सलमानसँग पानी बाराबार छ

एजेन्सी । बलिउडका ‘सुल्तान’ सलमान खानका केही यस्ता चर्चीत बलिउड अभिनेता तथा अभिनेत्रीहरु छन् जो उनीसँग काम गर्न र बोल्न पनि रुचाउँदैनन् ।   एक समय राम्रो सम्बन्ध रहेका यस्ता पात्रहरुसँग सलमान खानको सम्बन्ध एकाएक बिग्रिएको थियो ।

सलमान खानको साथ पाएर बलिउडमा राम्रो पब्लिसिटी पाएका धेरै बलिउड अभिनेता तथा अभिनेत्रीहरुको पनि बलिउडमा छुट्टै स्थान रहेको छ तर सलमान खानसँगको सम्बन्ध भने बिग्रिएको छ । आउनुहोस् हेरौ कही यस्ता बलिउडहरु अभिनेता तथा अभिनेत्रीहरु जो सलमान खानलाई फुटेको आखाँले पनि देख्न रुचाउँदैनन् ।

१‍ सलमान खान र ऐश्वर्या राय

कुनै समय बलिउडमा यी जोडीको लवस्टोरीको बारेमा ठुलो चर्चा हुने गथ्र्यो । तर सलमान खानको पोजेसिभनेस बढ्दै गएपछि यिनीहरुको सम्बन्ध टुट्यो । अभिषेक बच्चनसँग विवाह गरकी ऐश्वर्या राय सलमान खानसँग यसरी दुरी बढाइन् की उनीहरु कहिल्यै एकाअर्काको हुन सकेनन् । उनीहरुलाई संजय लिला भंसालीले फिल्म ‘बाजीराओ मस्तानी’ का अफर गरेका थिए । तर एकाअर्का प्रति भएको घृणाका कारण उनीहरुले यो फिल्म अस्विकार गरे ।

२. विवेक ओबरोय र सलमान खान

सलमान खानसँग ब्रेकअप भएपछि ऐश्वर्या विवेकको शरणमा पुगेकी थिइन् । सलमान खानलाई यो कुरा कत्ति पनि मनपरेन । उनको रिसमा भरे विवके । रातभर फोन गरेर विवेकलाई थकाउने काम सलमानले गरे । उनलाई ४० पटकसम्म सलमानले फोन गरेका थिए । त्यस घटनापछि विवेकले पत्रकार सम्मेलन गरेर सलमान खानको हर्कत बाहिर ल्याए । ऐश्वर्याले विवेकलाई धोका दिएपछि विवेकको आँखा खुल्यो । सलमान खानसँग हजारौपटक माफी माग्ने प्रयास विवेकले गरे तर आजसम्म पनि सलमान खानले उनलाई माफी गरेका छैनन् ।

३. सोनाक्षी सिंहा र सलमान खान

सलमान खानको छत्रछायाँ पाएर हिट भएकी अर्की नायिका हुन् सोनाक्षी सिंहा । हिट हुदै गएपछि सलमान खानलाई पनि उनले टेर्न छोडिन् । ‘दंबग १ र २’ मा देखिएकी सोनाक्षीलाई भने अब दंबग ३ मा नदेखिने भएकी छिन् । अरबाज खानको फिल्म डोली कि डोलीमा खेल्न अस्वीकार गरेपछि उनलाई दंवग ३ मा पनि नलिइएको बताइएको छ ।

४ जोन अब्राहम र सलमान खान

सलमान र जोनबिच ठाकठुक करिब ९ वर्ष अगाडि परेको थियो । सन् २००७ मा रकस्टार वल्र्डटुर हुदाँ जोन र सलमानबिच केही कुरालाई लिएर उनीहरु विवाद भएको थियो । उनीहरु त्यसपछि बोलेका छैनन् ।

५. रणवीर कपुर र सलमान खान

सलमान खानलाई कुनै समय आफ्नो आइडल मान्ने रणवीर उनकै गलफ्रेण्ड कटरीना कैफमाथि आँखा लगाए । कटरीनालाई सलमान खानको जीवनबाट हटाइ आफ्नो लाइफ ल्याउन उनी सफल भए । त्यसपछि सलमान र रणवीरबिचको सम्बन्ध कहिल्यै सुध्रिएन । सलमानलाई लाग्छ रणवीर प्रेमिका होइन आफ्नो खुसी लुटेको छ ।

६. ऋतिक रोशन र सलमान खान

एक समय थियो जब सलमान खान र ऋतिक रोशन अत्यन्त मिल्ने साथी दिए । तर, फिल्म ‘गुजारिस’ को बारेमा सलमान खानले व्यंग गर्दै ऋतिकलाई भनेपछि उनीहरुबिचको सम्बन्ध बिग्रिएको हो । उनले कोही कुकुर पनि ऋतिकको फिल्म हेर्न नगएको भन्दै फिल्मको खिल्ली उडाएका थिए । फिल्मको मजाक उडाउनु कारण पनि ऐश्वर्या रहेको बताइएको थियो ।

७. अर्जुन कपुर र सलमान खान

अर्जुन कपुर सलमान खानको चेला हुन् । उनको भत्केको जीवन बनाउन सलमान खानले अर्जुनलाई ठुलो मदत गरेका थिए । तर अर्जुनले अरबाज खानकी पत्नी तथा सलमानकी भाउजुलाई आँखालाई लगाएपछि उनीहरुबिच सम्बन्ध बिग्रिएको थियो । अर्पितासँग भएको राम्रो सम्बन्ध पनि बिग्रिएको थियो ।

विशेष