मनोरञ्जन

करिष्मा र रेखा थापा जस्ता अण्डर एसएलसी होइनन्, यी हुन् डिग्री गरेका नायिका

करिष्मा र रेखा थापा जस्ता अण्डर एसएलसी होइनन्, यी हुन् डिग्री गरेका नायिका

काठमाडौं । नेपाली कलाकारहरुलाई कालो अक्षर भैंसी बराबर भनेर कुरा काट्नेहरुको कमी छैन । कतिले त नेपाली नायिकाहरुलाई नर्तकीको रुपमा मात्र हेर्ने गरेको पाइन्छ । नपढेकै नायिकाहरुले रजतपट धानेकाले पनि पढेका नायिकाहरु ओझेलमा परेका हुन सक्छन् । करिश्मा मानन्धरदेखि रेखा थापासम्म जसले १० कक्षाको अनुहार देखेकै छैनन्, यद्यपि केही नेपाली नायिकाले यति पढेका छन् कि सुनेर तपाईंलाई विश्वास नलाग्न सक्छ । नेपाल आजले विशेष सोधखोज गरेर यो रिपोर्ट तयार पारेको छ । आउनुहोस् जान्नुहोस् कसले कतिसम्म अध्ययन गरेका छन् भनेर ।

१. सञ्चिता लुइँटेल
नेपाली चलचित्रकी ‘अप्सरा’ सञ्चिता लुइँटेल पछिल्लो समय चलचित्रमा देखिएकी छैनन् । निखिल उप्रेतीसँग दोश्रो विवाह गरेर दुई सन्तान जन्माएकी उनले बागबजारको पद्मकन्या क्याम्पसबाट समाजशास्त्रमा एमए गरेकी छन् ।

२. केकी अधिकारी
मसान चलचित्र खेलेर वाहवाही बटुलेकी केकी अधिकारी अहिले भर्खरै प्रदर्शनमा आएको चलचित्र ऐश्वर्यले चर्चामा छिन् । फिल्म निर्देशक बद्री अधिकारीकी छोरी भएका नाताले पनि कलिउडमा उनको इज्जत नगर्ने भेटिदैनन् । नायिका केकीले हुमन रिर्सोस म्यानेजम्यान्टमा स्नातकोत्तर गरेकी छिन् ।

३. ऋचा शर्मा
ऋचा शर्माको ट्याग नै बौद्धिक नायिका हुने गर्छ । उनले लिटिल एञ्जल स्कुल हात्तीवनबाट स्कुले जीवन प्रारम्भ गरेकी थिइन् । पछि गोल्डेनगेटबाट व्यवस्थापनमा स्नातकोर गरेकी छिन् । उनले यस बाहेक जर्मनी र फ्रान्सबाट कलाकारितासम्बन्धी अध्ययन गरेकी छिन् । जीवन्त अभिनय गर्ने क्षमताकी धनी ऋचाले नेपाली रजतपटमा फस्ट लभ चलचित्रबाट पाइला टेकेकी थिइन् जुन् सर्वाधिक सफल चलचित्र मानिन्छ । त्यसअघि उनले पहिलो पल्ट यस कुमारको ‘थाकेको यो नजरमा’ भन्ने गीतबाट अभिनय यात्रा थालेकी थिइन् ।

४. निशा अधिकारी 
कहिले सगरमाथा चढेर त कहिले कपाल पूरै मुण्डन गरेर चर्चामा आइरहन मन पराउने निशा अधिकारी पछिल्लो समय नेपाली क्रिकेटर शरद भेषवाकरसँग विवाह गरेर झन चर्चित बनिन् । विवाहले भन्दा धेरै पूर्वप्रेमीले कार फिर्ता मागेको प्रसंगले खैलाबैला मच्चाएपछि निशा र शरद दुवै जनआस्था साप्ताहिकलगायतका अन्य अनलाइन पत्रिकाविरुद्ध नै खनिए । तिनै नायिकाले अध्ययन भने अमेरिकामा गरकी छन् । उनले फिल्म र सामाजिक विज्ञानमा स्नातकसम्मको अध्ययन गरेकी छिन् । उनी अभिनित ‘झ्यानाकुटी’ प्रदर्शनको तयारीमा रहेको छ । यही नोभेम्वर १७ तारिखदेखि देशभरी प्रदर्शन हुने चलचित्रको पोष्टर अहिले भाइरल बनेको छ । जहाँ निशाले सौगात मल्ललाई जुरुक्कै उचालेकी छिन् ।

रिमा विश्वकर्मा 
चलचित्र खेलेर भन्दा पनि मोडलिङ र कार्यक्रम चलाएर हिट बनेकी रिमा विश्वकर्माले पिनाकल एकेडेमीबाट अग्रेजी र मास मिडियामा स्नातक गरेकी छन् । उनको अध्ययन निरन्तर छ । उनले हालसालै एक एनआरएनसँग विवाह गरेकी छिन् । पछिल्लो समयमा नेपाल आइडलको प्रस्तोता हुँदा उनले धेरैको मन जितेकी भने अवश्य थिइन् ।

प्रियंका कार्की 
नेपाली सिने उद्योगकी चल्तीकी नायिका सुपर मोडेल तथा आफूलाई प्रेमी आयुष्मान देशराज जोशीकी पे्रमिका भन्न रुचाउने प्रियंका कार्कीलाई छक्का पञ्जाले उचाल्नु उचालेको छ । उनको माग नेपाली चलचित्रमा पहिलो हुने गरेको छ । उनै ‘चोली अली छोटो....’ नायिकाले अमेरिकाको युनिभर्सिटी अफ अलबामाबाट चलचित्रमा डिप्लोमा गरेकी छन् । उनी पनि बौद्धिक नायिकाको क्याटोगोरीमा पर्ने गर्छिन् ।

 

 

विशेष