मनोरञ्जन

यस्तो छ सुस्मिता सेनको फिटनेस टिप्स

यस्तो छ सुस्मिता सेनको फिटनेस टिप्स

एजेन्सी । बलिउड अभिनेत्री सुस्मिता सेनले इन्स्टाग्राममा आफ्नो एउटा फोटो सेयर गरेकी छिन्, जहाँ उनले टिसर्ट माथि सारेर एब्स देखाकी छिन् । सुस्मिता आउँदो १९ नोभेम्बरमा ४२ वर्ष लाग्दै छिन् ।

आफूलाई फिट राख्नका लागि उनी धेरै मेहनत गर्छिन् । खबरअनुसार, पछिल्लो केही समययता उनी ‘स्लिप डिस्क’ नामको समस्याले पीडित थिइन् । सुस्मिता हरेक साता आफ्नो वर्कआउटमा फरकपना ल्याउँछिन् । उनी रनिङ, कार्डियो र एरियल एक्सरसाइज गर्छिन् । सुष्मिता स्वस्थ डाइट र मेडिटेसनलाई पनि फलो गर्ने गर्छिन् । स्वस्थ शरीर र स्वस्थ्य दिमागले अनुहारमा पनि चमक ल्याउनेमा उनको विश्वास छ ।

सन् १९९४ मा उनी भारतकी पहिलो मिस युनिभर्स भएकी थिइन् । त्यसपछि बलिउडमा फिल्म ‘दस्तक’ बाट प्रवेश गरेकी सुस्मिता पछिल्लो पटक सन् २०१० मा आएको फिल्म ‘नो प्रोब्लम’ मा देखिएकी थिइन् ।

विशेष