मनोरञ्जन

ऐश्वर्या रायले छोटो कपडा लगाउँदा किन आवेगमा आए अभिषेक बच्चन ?

ऐश्वर्या रायले छोटो कपडा लगाउँदा किन आवेगमा आए अभिषेक बच्चन ?

एजेन्सी । हालै बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन फेसन डिजाइनर मनिष मलहोत्राको पार्टीमा देखिइन् । छोटो डेनिम ड्रेस र हाई हिल्समा पार्टीमा पुगेकी ऐश्वर्यासँगै उनका पति अभिषेक बच्चन र निर्देशक करण जोहर पनि पुगेका थिए । 

ऐश्वर्या जब पार्टी सकिएपछि कारतर्फ जाँदै थिइन् तब फोटोग्राफरहरु उनको फोटो खिच्न लाइन लाग्न थाले । ऐश्वर्याको ड्रेस निकै छोटो थियो । जब उनी कारमा बस्दै थिइन्, फोटोग्राफरहरु उनको गलत एंगलबाट फोटो खिच्न थाले । जसले गर्दा अभिषेक रिसाए । अभिषेकले फोटोग्राफरलाई गाली मात्र गरेनन् । उनले क्यामेरामा कैद गरिएको सबै फोटो डिलिट गर्न लगाए ।

ऐश्वर्या र अभिषेक चाँडै नै फिल्म ‘अभिमान’ को रिमेकमा देखिने बताइएको छ । फिल्म ‘अभिमान’ को ओरिजिनल भर्सनमा अमिताभ बच्चन र जया बच्चन लिड रोलमा रहेका थिए । फिल्मको रिमेकबारे औपचारिक घोषणा भने भएको छैन ।

विशेष