मनोरञ्जन

फिल्ममा ‘इन्टिमेट सिन’ दिँदा दिँदै होस् गुमाएपछि, कसैले खाए थप्पड त कसैले गाली

फिल्ममा ‘इन्टिमेट सिन’ दिँदा दिँदै होस् गुमाएपछि, कसैले खाए थप्पड त कसैले गाली

एजेन्सी । बलिउड फिल्ममा ‘इन्टिमेट सीन’ खिच्नुलाई ठूलो मुश्किल काम मानिन्छ । क्यामेराले भरिएको सेटमा कास्ट र क्रु मेम्बर्सको उपस्थितीले त्यस्ता दृश्य सुट गर्ने नायक नायिकामा तनाव सिर्जना गर्ने गर्छ । यसवाहेक कयौं पटक यस्ता दृश्य दिने क्रममा नायक नायिकाहरु आफ्नो कन्ट्रोल गुमाउने गर्छन् । यी तिनै फिल्म हुन् जसमा नायक नायिकाले ‘इन्टिमेट’ दृश्य दिने दौरानमा आफ्नो होस नै गुमाउनु परेको थियो ।

दयावान — निर्देशक फिरोज खानद्वारा निर्देशित यस फिल्ममा विनोद खन्ना र माधुरी दिक्षितले ‘इन्टिमेट सिन’ दिएका थिए । फिल्मको ‘आज फिर तुम्से, प्यार आया है’ बोलको गीतमा उक्त दृश्य दिने समयमा विनोदले यति धेरै होस गुमाए की, उनले आवेशमा माधुरीको ओठ नै टोकिदिएका थिए । जब फिल्म रिलिज भयो, तब उक्त दृश्यलाई लिएर माधुरीको निकै आलोचना भएको थियो । पछि माधुरी आफैंले उक्त दृश्य दिनु नै आफ्नो गल्ती भएको बताएकी थिइन् ।

मार्ग — महेश भट्टले निर्देशन गरेको फिल्म ‘मार्ग’ मा विनोद खन्ना र डिम्पल कपाडियाले ‘इन्टिमेट सिन’ दिएका थिए । रिपाेर्टअनुसार, यस फिल्मको सुटिङको क्रम विनोदले आफूलाई सम्हाल्न सकेनन् । निर्देशकले ‘कट’ भन्दा उनी पनि लामो समयसम्म डिम्पललाई किस गरिरहे । यस घटना पछि डिम्पल निकै रिसाएकी थिइन् । जसकारण महेशले डिम्पलसँग माफी मागेका थिए ।

अ जेन्टलमेन — राज निदिमोरु एण्ड कृष्णा डिके निर्देशित यस फिल्ममा सिद्धार्थ मल्होत्रा र ज्याक्लीन फर्नान्डेज बीच एक किस सिन थियो । रिपोर्टअनुासर, निर्देशकले कट बोलिसकेपछि पनि ज्याक्लीन र सिद्धार्थले एक अर्कालाई किस गर्न छोडेका थिएनन् ।

ये जवानी है दिवानी — आयान मुखर्जी निर्देशित फिल्म ‘ये जवानी है दिवानी’ मा रणबीर कपूर र इवलिन शर्माबीच एक ‘इन्टिमेट सिन’ खिचिएको थियो । सुटिङको समय रणबीरले आफ्नो कन्ट्रोल गुमाए र निर्देशकले कट भन्दा पनि इवलिनलाई किस गरिरहे ।

दलीप ताहिल र जया प्रदा — स्रोतले बताएअनुसार, एक पटक प्रदासँग बलत्कारको दृश्य दिने क्रममा दलीप ताहिल निकै वाइल्ड भएका थिए । जया प्रदालाई यो कुराको महशुश भएपछि उनले तत्काल दलिपलाई एक थप्प्ड हानेर रिल लाइफ र रियल लाइफमा अन्तर हुने बताएकी थिइन् । उक्त दृश्य कुन फिल्मको लागि खिचिएको थियो भन्नेबारे भने जानकारी उपलब्ध भएको छैन ।

 

intimate scenes

विशेष