मनोरञ्जन

सलमान र एश्वर्याको टक्कर, कसले मार्ला बाजी ?

सलमान र एश्वर्याको टक्कर, कसले मार्ला बाजी ?

एजेन्सी । बलिउड अभिनेता सलमान खान र उनकी पूर्व प्रेमिका तथा अभिनेत्री एश्वर्या राय वच्चनलाई एकसाथ फिल्ममा हेर्ने धेरैको चाहना छ । दुवै एकसाथ काम गर्ने टुंगो नलागेपनि यी दुईको टक्कर भने आउँदो इदमा मज्जैले पर्ने भएको छ ।

सन् २०१८ को इदमा यी दुबैको बक्स अफीसमा टक्कर पर्ने भएको छ । उक्त वर्षको इदको लागि सलमानले आफ्नो नाम लेखाइसकेका छन् । हालै उनी फिल्म ‘रेस ३’ को सुटिङमा निस्किसकेका छन् । जानकारीअनुसार, यो फिल्म अर्को वर्षको इदमै रिलिज हुने बताइएको छ ।

सलमानकी पूर्व प्रेमिका तथा अभिनेत्री एश्वर्या राय वच्चन अभिनित फिल्म ‘फन्ने खां’ पनि इदमा रिलिज हुने बताइएको छ । एश्वर्याले पनि हालै यस फिल्मको सुटिङ सुरु गरेकी छिन् । सलमान र एश्वर्या दुवैजना आफ्नो फिल्मको लागि लड्ने भएका हुन् । त्यस्तैगरि अभिनेता अनिल कपूरले पनि आफू अभिनित यी दुवै फिल्मको टक्कर देख्नेछन् ।

 

Salman and aish

विशेष