समाज

तपाईका यस्ता दश कामले लक्ष्मी कहिल्यै तपाईको घरमा बास गर्दिनन्

तपाईका यस्ता दश कामले लक्ष्मी कहिल्यै तपाईको घरमा बास गर्दिनन्


एजेन्सी । धर्मग्रन्थहरुकाअनुसार यो दिन लक्ष्मीको कृपा प्राप्त गर्नका लागि सबैभन्दा सुखद् मानिन्छ । किनभने, यस दिन गरिने पुजाआजाको सम्पूर्ण फल प्राप्त हुन्छ । 

शास्त्रकाअनुसार देवी लक्ष्मी आफ्ना भक्तमाथि सधैं कृपा बनाइरहन्छन् । तर, केही यस्ता कार्यहरु छन्, जो गर्नाले लक्ष्मी रिसाउँछिन् । 

१ जो ब्यक्ति विना स्नान गरेर तुलसीका पात च्यात्छ र त्यसबाट भगवानको पुजा गर्छ । देवता त्यस्तो पुजा स्वीकार गर्दैनन् र धनकी लक्ष्मी पनि रिसाउँछिन् । 

२ गुरुको आदर नगर्ने र गुरुकी श्रीमतीमाथि खराब नजर राख्नेको धन महालक्ष्मीले समाप्त गरिदिन्छिन् । चाहे त्यो लक्ष्मीको जति ठूलो भक्त नै किन नहोस् । 

३ महालक्ष्मी त्यस्ता ब्यक्तिहरुको घर तुरुन्त छोडिदिन्छिन्, जो ननुहाएर देवताको पुजा गर्छ । पुजाको समय मनमा पनि केही दोष हुनुहुँदैन् । 

४ जो स्त्री परिवारका ठूला मान्छेको आदर गर्दिनन्, झगडालु स्वभावकी हुन्छिन् । दोस्रो पुरुषमाथि मन लगाउँछन्, अधार्मिक काम गर्छन् । त्यस्ती स्त्री देखि पनि लक्ष्मी रिसाउँछिन् ।  

५ अल्छी मान्छेदेखि पनि देवी लक्ष्मी रिसाउछिन् । किनभने यस्तो ब्यक्ति कर्म गर्दैन् र सफलता मात्र चाहन्छ । यस्ता ब्यक्तिले लक्ष्मीको जति पुजा गरे पनि हमेशा धनको अभाव हुन्छ । 

६ जो ब्यक्ति परिवारका सदस्यमाथि कुनै कारण बिना नै भेदभाव गर्छ, त्यस्तो घरमा पनि लक्ष्मी वास गर्दिनन् । न त उसको ब्यापारमा कुनै राम्रो हुन्छ । 

७ जो ब्यक्ति पुजाको समयमा कसैमाथि रिस गर्छ र आवश्यक रिसाउँछ । त्यसबाट पनि लक्ष्मी रिसाउँछिन् र अन्य देवता पनि उसको पुजा स्वीकार गर्दैनन् । 

८ जो ब्यक्ति भगवानलाई वासी फूल चढाउँछ, सफा सुग्घर रहदैंन्, सदैव दुर्गन्धित र फोहर रहन्छ । उसलाई देवी लक्ष्मी धन, वैभव र ऐश्वर्य हमेशा टाढा रहन्छन् । 

९ जो ब्यक्ति बर्जित दिनमा साँझको समयमा स्त्रीसँग सहवास गर्छ र दिनमा सुत्छ । परस्त्री र अर्काको धनमाथि नजर लगाउँछ । त्यस्तो ब्यक्तिको घरमा पनि लक्ष्मी कहिल्यै बास गर्दिनन् । 

१० कपटी, चोर, खराब चरित्र भएको ब्यक्ति, दोस्रोको सम्पत्ति हड्पने ब्यक्तिको घरमा पनि देवी लक्ष्मी कहिल्यैं वास गर्दिनन् । गलत कामबाट धन कमाउनेहरुसँग लक्ष्मी प्रसन्न हुदिनन् ।

विशेष