समाज

छोरो सभासद हुँदा पनि आलुचप बेच्न छाडिनन्, भन्छिन्, ‘हातखुट्टा चलुञ्जेल गर्छु’

छोरो सभासद हुँदा पनि आलुचप बेच्न छाडिनन्, भन्छिन्, ‘हातखुट्टा चलुञ्जेल गर्छु’

विराटनगर । सानो बासको छाप्रो । छाप्रो मुनि चुलो बनाएर आलु चप र प्याजी बनाएर बिक्री गर्ने एक बृद्धा महिला । मोङगको बुढीगंगा गाउँपालिका – ७ तिलाठी चौकमा ६७ बर्षिया बालोदेवी मोदी (थारु) प्याजी र आलु चप बनाएर बिक्री गरेको १५ वर्ष भएको छ । यसरी हप्तामा दुई पटक स्वादिलो प्याजी र आलु चप विक्री गर्ने थारुनी वृद्धा पूर्वसांसद अमनलाल मोदीका आमा हुन् ।

अमनलाल मोदी दोस्रो संबिधान सभाको निर्वाचनमा माओबादी केन्द्रबाट सांसद बनेका थिए । चार बर्ष पहिले संसदमा मध्यराती कुर्सी भाँचेर उनले आम चर्चा पाएका थिए । बिगठित संसदको शुसासन समितिका सदस्य रहेका मोदी थारु कल्याणकारी आन्दोलनमा पनि सक्रृय थिए ।

हातखुट्टा चलुन्जेल गरेर खानुपर्छ मागेर हैन भन्ने बालोदेवीको बुझाइ छ । यसैले छोराहरुले अब काम गर्नुपर्दैन भन्दा पनि उनले चौकमा बसेर चप बिक्रि गर्न छाडेकी छैनन् । चप बेचेर दिनको ३ देखी ५ सय रुपैया सम्म कमाई गर्दै आएको उनले बताइन् ।

एकल महिला बालोदेवीले चप बिक्री गरेरै आफना ७ जना सन्तानको लालन पोषण गरेको स्थानीयहरु बताउँछन् । पूर्वसांसद अमनलाल निम्न बर्गीय परिवारकी बालोदेवीका कान्छा छोरा हुन् । उनका जेठा छोरा बैदोशिक रोजगारको सिलसिलमा दुहबीमा मझौला होटल चलाउँदै आएका छन् । उनकी माइली छोरी शान्ति मोदी पढाईले अधिवक्ता हुन् । हाल एलएलएम गरिरहेकी उनी पहिलो संबिधानसभामा मोरङग ७ नम्बर क्षेत्रबाट बिजय गच्छदार र शेखर कोइरालासँग चुनावी प्रस्पिर्धा गरेकी थिइन् । बालोदेवीका छोरीहरु पूर्णकला र सीता समाजिक कार्यकर्ता छन् । शान्ति टेलर्स व्यवसायी र बिष्णु जागिरे छिन् ।

सम्पत्तीका नाममा बालोदेवीको जमिन ३ कठा मात्र थियो । त्यो जमिनमा उब्जेको अन्नले खान पुग्दैनथ्यो । यसैले उनका पति पवनलाल हटिया हटिया घुमेर चामल बिक्री गर्ने गर्दथे । तर २०४३ सालमा पतिको मृत्यु भयो । पतिको मृत्यू पछि आफन्तले बालोदेवीलाई मुद्दा लगाएर लखेटन खोजे । छिमेकीहरुले सहयोग गरेकोले उनको उठीबास लागेन । उनले जनमन गर्दै छोराछोरीलाई हुर्काइनन् मात्र बिद्यालयमा पढन पनि पठाइन । बिस्तारै उनले सानोतिनो घरमा किराना पसल राखिन र सँगै चप पनि बिक्री गर्न थालिन । छोरीहरुको बिहे गरिदिइन ।

दुःखमा हुर्किएका अमनलाल बिराटनगरमा महेन्द्र मोरङ क्याम्पस पढथे । त्यही बेला उनी माओबादीमा संगठित भएर भुमिगत भए । अमन पक्राउ परेर अढाई बर्ष जेल बसे । अमन पक्राउ पर्दा बालोदेवीले तीन दिनसम्म अन्न खाइनन् ।

छोरा सांसद बनेपछि बालोदेवीको गाउँमा शान बढेको छ । आजकल सबैले आदर गरेर बोलाउन थालेका छन् । तर बालोदेवी बृद्ध उमेरमा पनि आफूले गर्दै आएको चप पकाएर बिक्री गर्न छाडेकी छैनन् । छोराछोरीले चप बिक्री गर्नुपदैन भन्दा पनि किन आराम गर्ने उमेरमा नटेरेको त भनेर गाउँलेहरुले सोध्दा बालोदेवी भन्छिन, ‘हातगोडा लागुन्जेल गरेर खानुपर्छ अल्छिे हुनुहुँदैन, काम गर्दा सन्तोष हुन्छ निरोगी भइन्छ ।’ मोरङगको ४ नम्बर क्षेत्रबाट उनका छोरा अमन बाम गठबन्धनबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी बनेका छन् ।

उनको प्रतिस्पर्धा काँग्रेस केन्द्रिय सदस्य तथा पुर्वमन्त्री महेश अर्चायसँग छ । चुनावी प्रचारमा हिँडेका आफना छोरालाई आमा बालोदेवीले चुनाव जितेर मन्त्री बन्ने आर्शिबाद दिइसकेकी छन् । ‘सपनामा पनि छोराले जितेको सपना देःख्छु,’ उनले भिनन, ‘छोराको जितको लागि भगवानसँग प्रथना गरेको छु । छोरा असल छ । देश र जनताको हितमा मात्र कुरा गर्छ, उनी भन्छिन, ‘कान्छा छोरा अमनलाई दुःखले हुर्काएको छु । यसले जितेर मन्त्री भएको हर्ने मेरो इच्छा जनताले मतदान गरि जुराइदिनेछन् ।’

 

विशेष