मनोरञ्जन

यस्तो छ जितु नेपाल ‘मुन्द्रे’ को २१ बुँदे फेसबुक घोषणापत्र

यस्तो छ जितु नेपाल ‘मुन्द्रे’ को २१ बुँदे फेसबुक घोषणापत्र

१.जीवनका महत्वपूर्ण समयलाई २४ सै घन्टा घोप्टो मुन्टो लगाएर मेबाइलमात्रै हेरेर चाँडै आँखाको दृष्टि गुमाउनतिर नलाग्ने ।

२. फेसबुक चलाउने समय निर्धारण गर्ने ।

३. साथीभाइसँग बस्दा गफगाफमा ध्यान दिने, घोप्टोमुन्टो लगाएर को आको को गाको थाहै नहुने गरी नझुन्डिने ।

४. कुनै कार्यालय, होटल र रेष्टुरेन्टमा गएर सबैभन्दा पहिला वाईफाईको पासवर्ड नमाग्ने ।

५. घरभित्र प्रवेश गरेपछि परिवारलाई समय दिने ।

६. अरूलाई अनावश्यक म्यासेज नपठाउने र यो सेयर गर्देउ र ऊ सेयर गर्देउ भनेर दुःख नदिने ।

७. यो म्यासेज तपाईंले पढेर कम्तिमा पनि २५–३० जनालाई पठाउनु होला भन्नेका म्यासेज देख्ने बित्तिकै डिलिट गर्ने ।

८. समय सान्दर्भिक, बेला बेलामा आफ्ना कुरा लेख्ने, अनावश्यक कुरा लेखेर गाली खानी काम नगर्ने ।

९. अरूले लेखेको कुरा लेखेर, कपी पेष्ट भनेर विद्वान हुन नखोज्ने ।

१०. अति नै सान्दर्भिक, सन्देश र चेतनामूलक कुराहरू बाहेक घरी घरी जे पायो त्यही सेयर नगर्ने ।

११. विहान ६ बजै नै उठेर ओछ्यानमै स्टाटस लेखेर प्रवचन नदिने ।

१२. अरूलाई गाली गरेर आफू सज्जन बन्न नखोज्ने ।

१३. आफ्ना फ्रेन्ड, शुुभचिन्तक फलोअर्सहरूलाई भ्याएसम्म जन्मदिनलगायतका शुभकार्यमा कमेन्ट मार्फत बधाई तथा शुभकामना व्यक्त गर्ने ।

१४. खाना खाको, पेट दुखेको, निन्द्रा नलागेको, बुढीसँग झगडा परेको, दिक्क भाको वाक्क लागेका कुरा राखेर अरूलाई दिक्क नपार्ने ।

१५. मान्छे मरेका, बिरामी भएका, दुर्घटनामा परेकाहरूका फोटो लाइक नगर्ने, कमेन्टमा दुःख व्यक्त गर्ने ।

१६. मासु काटेको, खसी काटेको, कुखुरा भुत्ल्याएको, मासु पकाउँदै गरेको, रक्सी खाँदै गरेका फोटोलाई लाइक र कमेन्ट केही नगर्ने ।

१७. जोसँग भेट्यो कि थुतुनो चुच्चो पारेर सेल्फी खिचेर राखी नहाल्ने ।

१८. ओछ्यानमा पल्टिएर फेसबुक चलाएर १२-१ बजे सुतेर विहान ९-१० बजे उठेर ब्युँझने बित्तिकै फेरी मोबाइल समातेरै ट्वाइलेट नजाने ।

१९. धेरै कुरामा जान्ने सुन्ने भएर हरकुराको विश्लेषक नबन्ने । 

२०. राजनीतिक कुरामा खासै ध्यान नदिने ।

२१. सकिन्छ आफ्नै व्यक्तिगत सहयोग गर्ने र त्यसको जानकारीसम्म दिने, तर अरूसँग पैसा मागेर अरूलाई नै सहयोग गरेको फोटो राखेर धेरै ठूलो समाजसेवीको पहिचान बनाउन नखोज्ने ।

विशेष