खेल

यू–१९ एसिया कपः नेपाल बंगलादेशसँग २ विकेटले पराजित

यू–१९ एसिया कपः नेपाल बंगलादेशसँग २ विकेटले पराजित

उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत बंगलादेशविरुद्धको खेलमा नेपाल २ विकेटले पराजित भएको छ ।

मलेसियाको क्वालालम्पुरको किनरारा एकेडेमीको ओभल मैदानमा भएको खेलमा नेपाल पराजित भएको हो । टस जितेर बंगलादेशले फिल्डिङ रोजेपछि नेपालले ४० दशमलव १ ओभरमा एक सय ६७ रन बनाएको अवस्थामा खेल प्रभावित भएको थियो ।

त्यसपछि डकवर्थ लुइस नियमाको आधारमा बंगलादेशलाई ४० ओभर १ बलमा एक सय ८१ रनको लक्ष्य दिइएको हो । बंगलादेशले उक्त लक्ष्य ८ विकेट गुमाउँदै ४० अाैँ ओभरमा भेटायो ।

नेपालको लागि भीम सार्कीले सर्वाधिक ४४ रन बनाए । त्यस्तै रोहित कुमार पौडेलले ४०, आसिफ शेखले ३० र दिपेन्द्र सिंह ऐरीले १२ रन बनाए । बंगलादेशको लागि नइम हसनले तीन विकेट लिए भने अफिफ हुसैन, क्वाजी ओनिक र हसन महमुदले समान एक–एक विकेट लिए ।

त्यस्तै लक्ष्य पछ्याउने क्रममा बंगलादेशको लागि नइम शेखले ५२, पिनाकले २४, तौहित हृदय १५ र मोहम्मद शैफ हसनले १२ रन बनाए । नेपालको लागि सन्दिप लामिछानेले २ तथा कमल सिंह, अनिल साह, दिपेन्द्र सिंह ऐरीले समान एक–एक विकेट लिए ।

नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा बंगलादेशसहित आयोजक मलेसिया, भारत छन् । गत महिना मलेसियामा नै भएको इस्टर्न रिजन च्याम्पियनसिपमा विजयी हुँदै नेपाल यू–१९ एसिया कपका लागि छनोट भएको हो ।

ACC U-19 Asia Cup nepal bangladesh

विशेष