गर्भवती भएको अवस्थामा पनि काम गरेका यी बलिउड अभिनेत्री
एजेन्सी । बलिउड अभिनेत्री करिना कपूर यी दिनहरुमा फिल्म ‘वीरे दी वेडिङ’ को सुटिङमा व्यस्त छिन् । यो फिल्मको सुटिङको दौरान करिना गर्भवती भएकी थिइन् । गर्भ रहेको केही समयपछि पनि उनले कामलाई निरन्तरता दिइन् । छोरा ताइमुरको जन्म पछि अब उनी अब उनी फिल्ममा दोस्रो पटक सुटिङ गर्दै छिन् । यी तिनै अभिनेत्री हुन् जसले गर्भवती हुँदा हुँदै पनि फिल्ममा काम गरे ।
काजोल — सन् २०१० मा प्रदर्शनमा आएको काजोल अभिनित फिल्म ‘फ्यामेली’ को सुटिङको समय काजोल गर्भवती भएकी थिइन् । उक्त फिल्ममा काजोलले तीन बच्चाका आमाको भूमिका निभाएकी थिइन् । गर्भवती भएपछि पनि कजोलले मात्र सुटिङमात्र पुरा गरिनन् । उनले प्रचारको जिम्मेवारी पनि लिएकी थिइन् । श्रीमान अजय देवगन काजोलले घर बसेर आराम गरुन् भन्ने चाहन्थे तर काजोलले भने कामलाई निरन्तरता दिइ नै रहिन् ।
श्रीेदेवी — श्रीदेवी पहिलो पटक गर्भवती हुँदा फिल्म ‘जुदाइ’ को सुटिङमा व्यस्त थिइन् । उक्त फिल्मलाई उनका श्रीमान बोनी कपूरले निर्माण गरेका हुन् । गर्भवती भएपछि पनि श्रीदेवीले कयौं दृश्य सुट गरिन् । पछि उनले आफ्नी छोरीको नाम उही फिल्ममा उर्मिलाको भूमिकाबाट प्रभावित भएर ‘जानभी’ राखिन् ।
जया वच्चन — सन् १९७५ मा प्रदर्शनमा आएको फिल्म ‘सोले’ को सुटिङको समय जयामा ३ महिनाको गर्भ थियो । उनले सेतो सारी पछाडि आफ्नो बेबी बम्प लुकाएकी थिइन् । त्यस समय अभिषेक वच्चन उनको गर्भमा थिए ।
pregnant heroins