Technology

सौर्यबत्तीबाट ७० घरपरिवार लाभान्वित

सौर्यबत्तीबाट ७० घरपरिवार लाभान्वित

विराटनगर । टुुकीको भरमा रहँदै आएका मोरङको मिक्लाजुङ गाउँपालिकाका बासिन्दा सोलार बत्ती जडानपछि खुशी भएका छन् । 

वैकल्पिक ऊर्जा कार्यक्रमअन्तर्गत मिक्लाजुुङमा सोलार मिनिग्रिड स्थापना गरिएको हो । सरकारको रु एक करोड ६० लाखको लागतमा मिक्लाजुङ गाउँपालिका– १ मा स्थापना गरिएको सोलार मिनिग्रिडबाट ७० घरपरिवार लाभाविन्त भएका छन् । 

विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुुग्न नसकेको उक्त स्थानमा ३० किलोवाटको सोलार मिनिग्रिड सञ्चालनमा आएको हो । मिनिग्रिडबाट उत्पादित विद्युुत् पोल तानेर पाँच किलोमिटर क्षेत्रमा विस्तार गरिएको छ । मिनिग्रिड सञ्चालनमा आएपछि अहिले घर घरमा तथा सडकमा पोल राखेर सौर्यबत्ती जडान गरिएको छ । 

पर्यटकीय क्षेत्रको रुपमा चिनेने रमिते बजारमा सोलारबाट बिजुुली आएपछि स्थानीयवासी खुशी भएका छन् । विगत १५ वर्षदेखि सो ठाउँमा होटल सञ्चालन गर्दै आएकी कर्णमाया राईले सौर्यबत्ती जडानपछि व्यापारव्यवसायमा वृद्धि भएको बतार्इन् । 

solar light Morang

विशेष