मनोरञ्जन

राजेश पायल राईको खुशी आक्रोशमा परिणत, जव उनले यो दृष्य देखे

राजेश पायल राईको खुशी आक्रोशमा परिणत, जव उनले यो दृष्य देखे

काठमाडौं । भर्खर मात्र अमेरिकाको रोचेस्टर सिटीले गरेको ऐतिहासिक सम्मान पाएर दंग बनेका राजेशपायल राई काठमाडौंको महाराजगञ्ज चक्रपथस्थित नारायणगोपालको शालिक भत्काइएकोमा आक्रोशित बनेका छन् । हाल अमेरिकामै रहेका राजेश स्वर सम्राट नारायणगोपालको शालिक भत्काइएको दृश्य देखेर आक्रोशित बनेका हुन् ।

नेपालको राणकालीन इतिहास बोकेको बागदरबार नै भत्काउन लागिपरेका मेयर विद्यासुन्दर शाक्यका लागि नारायणगोपाल चोकको यो नारायण गोपालको मूर्ति भत्काइनु ठूलो कुरा पनि भएन । उनकै निर्देशनमा गएको ‘डोजर’ टोलीले चक्रपथमा रहेको यो शालिक भत्काएको हो ।

आफूले स्वर सम्राट नारायण गोपाललाई ईश्वर मान्ने र उनै ईश्वरको प्रतिमालाई यसरी भत्काएको उनलाई असह्य भएको रहेछ । उनले सम्बन्धित सबैलाई कारबाही गर्न माग पनि गरेका छन् । तर यसमा अन्य कलाकारहरु र संगीतर्मीहरुले खासै चासो व्यक्त गरेका छैनन् । ‘सामाजिक सञ्जालमा भाइरल हुने पोष्ट गर्नु भन्दा, अदालतमा गएर सिधै मानहानीको मुद्धा दायर गर्नु पर्ने हो तर यसबारे उनले सोचेनन्,’ महानगरका कर्मचारीले राईप्रति व्यंग गर्दै यस्तो भने ।

 

विशेष