मनोरञ्जन

कुकुरले र्याम्प नापेपछि….

कुकुरले र्याम्प नापेपछि….

काठमाडौं । शनिबार बाँसबारीस्थित ‘अराउन्ड द कर्नर रेस्टुरेन्टमा बेलुनले सजाइएको हल, गार्डेनमा रंगीचंगी खेलौनासहित भव्य पार्टी चलिरहेको थियो । हामीले सोच्ने सामान्य पार्टीभन्दा निकै भिन्न थियो यो पार्टी । थरीथरीका कुकुर ठाँटिएर आएका थिए । त्यो पार्टी उनीहरुकै लागि आयोजना भएको थियो । 

केही एकअर्कालाई देखेर दंग परिरहेका थिए, केही भने अलि कुरा नमिल्ला जसरी भुकिरहेका थिए । उनीहरुका लागि मीठामीठा परिकार बनेका थिए । घरमा मानिससँग मात्र बस्दा दिक्क लागेकाले होला, केही चाहीँ अलि बढी नै होसिएजस्ता देखिन्थ्यो ।

यो उनीहरुका लािग बिलकुलै फर अनुभव थियो । नेपाल मै पहिलोपटक कुकुरका लागि पार्टी आयोजना भएको थियो । ‘के नाइन डग ट्रेनिङ एन्ड केयर’ र ‘एब्स्ट्र्याक्टपेट्स’ ले आयोजना गरेको पार्टीमा कुकुरहरुले र्याम्प नापे । उनीहरुले ‘क्याट वाक’ किन पो गर्थै र रु आफ्नै स्टाइलमा र्याम्प नापे ।

२५ भन्दा बढी कुकुरले र्याम्प नापे । ‘रोवाइलर’, ‘हस्की’, ‘जर्मन सेफर्ड’, ‘बक्सर’, ‘ककर स्पाप्यानियल’ लगायतका प्रजातिका करिब ६० कुकुर पार्टीमा सहभागी थिए । उनीहरुलाई ‘डग एसेसोरिज’ उपहार प्रदान गरिएको थियो ।

अन्नपूर्ण पोस्ट्

विशेष