स्वास्थ्य

यी चार चिजसँग कहिल्यै महको सेवन गर्नु हुँदैन

यी चार चिजसँग कहिल्यै महको सेवन गर्नु हुँदैन


एजेन्सी । खानाको स्वाद बढाउन होस् वा मानव शरीरलार्इ स्वस्थ र तन्दुरुस्त राख्न होस् महको प्रयोग धेरैले गरिरहेका हुन्छन् । तर मह जुनसुकै चिजसँग सेवन गर्दा घातक हुनसक्छ । मह सेवन गर्नुभन्दा पहिले यो के-कस्तो चिजसँग खान हुँदैन भन्ने कुरा जानी राख्नुहोस् ।

गरम चिजसँग  

मह आफैं शरीरलार्इ गर्मी गराउने चिज हो । त्यसैले एउटा गरम चिजसँग अर्को गरम चिज खाँदा पेट खराब हुनुका साथै स्वास्थ्यमा अनेक थरिका नराम्रो असर पुर्याउँछ ।

चिया वा कफीसँग 

प्रायः मानिसहरू सर्दी लागेको बेला चिया वा कफीसँग मह मिलाएर खाने सल्लाह दिने गर्छन् । यदि तपाइँ पनि यस्तै गरिरहनु भएको छ भने आजैबाट छोडिदिनुहोस् । चिया वा कफीसँग मह खाँदा शरीरको तापक्रम बढ्न गर्इ तनाव वा छट्पटी हुनसक्छ ।

मुलासँग 

मुलासँग मह खाँदा ज्यानै पनि जानसक्छ । किनभने मुलासँग मह खाँदा शरीरमा टक्सिन वा विषालु पदार्थ उत्पादन हुन थाल्छ । जसका कारण शरीरको कुनै भागमा गम्भीर क्षति पुग्ने वा नचल्ने हुनसक्छ । यी दुर्इ चिजहरू खानै पर्ने भए कम्तिमा १ घण्टाको अन्तरमा खानुहोस् ।

धेरै तातो पानीसँग

मानिसहरू वजन घटाउन वा सर्दी चिसोबाट बच्न बिहान तातो पानीसँग मह मिलाएर खाने गर्दछन् । यदि तपाइँ पनि यस्तै गरिरहनु भएको छ भने याद राख्नुहोस् पानी धेरै तातो हुनुहुँदैन । तातो पानीसँग मह खाँदा शरीरलार्इ गर्मी गराउँछ । बढी तातो पानीसँगको महको सेवनले शरीरमा अत्यधीक गर्मी बढार्इ पेट सम्बन्धी समस्या निम्त्याउन सक्छ ।

 

विशेष