मनोरञ्जन

अभिषेकले फोटो हटाउन निर्देशन दिएको ऐश्वर्याको यो फोटो भयो भाइरल

अभिषेकले फोटो हटाउन निर्देशन दिएको ऐश्वर्याको यो फोटो भयो भाइरल


एजेन्सी । केही दिन पहिले ऐश्वर्या राय बच्चन पति अभिषेक बच्चनसँग करण जौहर र मनिषा मल्होत्राको डिनर पार्टीमा देखिएकी थिइन् । उनीहरू चारै जनाको फोटो सामाजिक संजालमा पनि आएको थियो । उक्त पार्टी मनिषा मल्होत्राको घरमा आयोजना गरिएको थियो ।

सो पार्टीमा ऐश्वर्याले छोटो डेनिम ड्रेस लगाएकी थिइन् । पार्टी सकाएर ऐश्वर्या र अभिषेक बाहिर निस्किँदा बाहिर रहेका पत्रकारहरूले फोटो खिच्न भ्याए ।

कारमा बस्ने बेलामा पत्रकारले छोटो पहिरनमा रहेकी ऐश्वर्याको गलत एंगलबाट फोटो खिचेको देखेपछि अभिषेकले उक्त फोटोग्राफरलार्इ तुरुन्त बोलाएर तस्बीर डिलेट गर्न भनेका थिए । तर अभिषेकको उक्त कदमपछि पनि केही फोटोहरू सार्वजनिक भएका छन् ।

ऐश्वर्या आजकाल आफ्नो आउँदै गरेको फिल्म ‘फन्ने खां’ को सुटिंग गर्दै छिन् । फिल्ममा ऐश्वर्या एक रक स्टारको भूमिका निभाइरहेकी छिन् । उनी आफूभन्दा ३ वर्ष सानो उमेरका राजकुमार रावसँग रोमान्स गर्ने छिन् । फिल्ममा अनिल कपुर पनि देखिने छन् ।

विशेष