खेल

नेइमारले आँसु थाम्न सकेनन्, रुँदै बाहिरिए

नेइमारले आँसु थाम्न सकेनन्, रुँदै बाहिरिए

काठमाडौं । ब्राजिल तथा फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन ९पिएसजी० का स्टार स्ट्राइकर नेइमार पत्रकार सम्मेलनबाट रुँदै बाहिरिएका छन् ।

विश्वकप फुटबलको तयारी अन्तर्गत भएको जापानसँगको मैत्रिपूर्ण खेलमा ३–१ को जितपछि भएको पत्रकार सम्मेलनबाट नेइमार रुँदै बाहिरिएका हुन् । खेलपछि भएको पत्रकार सम्मेलनमा नेइमार पिएसजीमा खुशी नरहेको भन्ने खबर बारे ब्राजिलका प्रशिक्षक टिटेले नेइमारको बचाउ गरेका थिए ।

प्रशिक्षक टिटेले आफ्नो बारेमा बोलेको सुनिरहेका नेइमारले आँसु थाम्न सकेनन्, उनी रुँदै त्यहाँबाट गए । यहि सिजन विश्व कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पिएसजी गएका नेइमार त्यहाँ खुशी नरहेको भन्ने खबर पछिल्लो समय आएको छ । फ्रान्सको एक पत्रिकाले पिएसजीका प्रशिक्षक युनाइ एम्रीसँग सम्बन्ध राम्रो नरहेको खबर छापेको थियो ।

नेइमारले भने एम्रीसँग आफ्नो सम्बन्ध राम्रो रहेको बताए । ब्राजिलका प्रशिक्षक टिटेले नेइमारसँग कुनै समस्या नरहेको र उनी निकै ठूलो हृदय भएका व्यक्ति रहेको बताए । आफ्नो बारेमा टिटे बालिरहँदा नेइमार रोए, टिटेले उनको टाउकोमा हात राखे । त्यसपछि पनि रोइरहेका नेइमार त्यहाँबाट निस्केर गए । जापनसँगको खेलमा नेइमारले पेनाल्टी मार्फत एक गोल गरेका थिए भने एउटा पेनाल्टीमा चुकेका थिए ।

विशेष