मनोरञ्जन

गायक विजयले लगाए दयाहाङ राईकी सोल्टीनीलाई नज़र (भिडियोसहित)

गायक विजयले लगाए दयाहाङ राईकी सोल्टीनीलाई नज़र (भिडियोसहित)


काठमाडौं । चलचित्र ‘कबड्डी’मा अभिनेता दयाहाङ राईसँग सोल्टीनीको भूमिकामा अभिनय गरेर एकाएक चर्चामा आएकी नायिका रिश्मा गुरुङ लामो समयपछि म्युजिक भिडियोमा देखिएकी छिन।

गायक विजय रुम्बा लामाको नयाँ गीत ‘सिन्कीको अचार’को भिडियोमा नायिका रिश्माले अभिनय गरेकी हुन उनलाई साथ दिएका छन गायक विजयले ।
पछिलो समयमा निकै चर्चित भिडियोहरु निर्देशनमा ब्यस्त रहेका विकास सुबेदीको निर्देशनमा बनेको भिडियोको छायांकन पर्यटकिय सुन्दर स्थान बन्दिपुरमा गरिएको हो । गीतमा डिपि खनालका शब्द तथा सुवास भुषालको संगीत छ ।

गीतका एरेन्जर उदय राज पौडेल हुन् । अनिल कुमार मानन्धरले खिचेको यस भिडियोका सम्पादक शिलन लम्साल हुन् । आफै पनि धेरै गुरुङ भाषाको फिल्म एबम भिडियोहरु निर्देशन गरिसकेका गायक विजयकोको यस अघि पनि धेरै गीत एबम भिडियोहरु बजारमा आइसकेका छन । 

विशेष