मुख्य समाचार

बुढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णय रद्द

बुढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णय रद्द


काठमाडौं । सरकारले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले संसदीय समितिहरुको निर्देशन बमोजिम भन्दै निर्णय खारेज गरेको हो ।

चिनियाँ कम्पनी गेजुवा ग्रुपसँग भएको सम्झौता खारेजको निर्णय गरेको उपप्रधान एवं उर्जामन्त्री कमल थापाले जानकारी दिए । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला सरकारले मन्त्रिपरिषद्बाट निर्णय गर्दै १२ सय मेगावाटको उक्त आयोजना गेजुवालाई निर्माण जिम्मा दिएको थियो ।

बिना टेन्डर निजी एवं विश्व बैंकको कालोसूचीमा समेत परेको कम्पनीलाई राष्ट्रिय गौरवको आयोजना दिएको भन्दै सरकारी निर्णयको चर्को बिरोध भएको थियो । गोरखा र धादिङको सिमानामा बन्ने आयोजनाको लागि सरकारले मुआब्जा वितरण सुरु गरेको छ ।

विशेष