समाज

रु. चार लाख मूल्य बराबरको चोरी

रु. चार लाख मूल्य बराबरको चोरी

विराटनगर । विराटनगर महानगरपालिका–११ बस्ने बलराम कारंजीतको घरबाट रु चार लाख मूल्य बराबरको धनसम्पत्ति चोरी भएको छ । 

घर धनी कारंजीतलगायत परिवारका अन्य सदस्यसमेत झापा गएको समयमा ढोकाको ताला फोडी कोठाभित्र रहेको दराजबाट आज बिहान तीन बजे सात तोला सुन र नगद गरी रु चार लाख मूल्य बराबरको चोरी भएको हो । यस सम्वन्धमा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा जानकारी दिएको घरधनी कारंजीतले बताए । 

विगत केही दिनदेखि विराटनगर महानगरपालिकाभित्र चोरीका घटनामा वृद्धि भइरहेको छ । 

thief

विशेष