खेल

क्रोएसिया र स्विट्जरल्याण्ड विश्वकपका लागि छनोट, इटालीको आज ‘भाग्य परीक्षा’

क्रोएसिया र स्विट्जरल्याण्ड विश्वकपका लागि छनोट, इटालीको आज ‘भाग्य परीक्षा’

काठमाडौं । क्रोएसिया र स्विट्जरल्याण्ड अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएका छन् ।

युरोपेली समूहअन्तर्गत गएराति भएको दोस्रो लेगको प्ले अफ खेल बराबरीमा रोकिए पनि पहिलो लेगमा हात पारेको जितको आधारमा यी दुई राष्ट्रले विश्वकपमा ठाउँ बनाएका हुन् ।

आइतबार राती क्रोएसियाले ग्रिससँग गोलरहित बराबरी खेल्यो । पहिलो लेगमा भने क्रोएसिया ४-१ ले विजयी भएको थियो ।

यसैगरी स्विटजरल्याण्डले पनि आइतबार राती नर्दन आयरल्याण्डसँग गोलरहित बराबरी खेल्यो । पहिलो लेगमा स्विटजरल्याण्ड १-० ले विजयी भएको थियो ।

युरोपेली समूहको विश्वकप छनौट प्ले अफ सोमबार राती ईटालीले स्विडेनसँग खेल्नेछ । पहिलो लेगमा १-० ले हारेको ईटालीले विश्वकपमा छनोट हुन यो खेल कम्तिमा पनि २ गोलको अन्तरले जित्नुपर्ने हुन्छ ।

युरोपबाट छानिने अन्तिम टोलीको टुंगो भने मंगलबार राती हुने डेनमार्क र रिपब्लिक अफ आयरल्याण्डको खेलपछि हुनेछ ।

विशेष