मनोरञ्जन

यी पूर्वमिस नेपाललाई कुर्दा–कुदै हैरान

यी पूर्वमिस नेपाललाई कुर्दा–कुदै हैरान


काठमाडौं । गाजलुबाट फिल्मी यात्रा सुरु गर्दा सृष्टि श्रेष्ठलाई सम्भावना बोकेकी अभिनेत्रीका रुपमा लिइएको थियो ।

पूर्वमिस नेपाल हुनुको नाताले उनको साख अझ बढाएको थियो । तर यो दुई वर्षको बीचमा छाएको सुस्तताले सृष्टिको करिअरमाथि प्रश्न उठाउन थालिएको छ । अझ रोचक कुराचाहिँ यसबिचमा उनले फिल्म भन्दा अभिनेता सौगात मल्लसँगको अफेयरका कारण चर्चा पाइन ।

फिल्म नपाएको पनि होइन । तर, कुनै पनि तत्काल प्रदर्शनमा हुने अवस्था छैन । उनले केमियोको रुपमा काम गरेको लालपुर्जा निर्माताहरुबीचको तनावका कारण यतिकै अड्किएको छ । उनको अर्को फिल्म लाउरेबाट निर्देशक निगम श्रेष्ठ बाहिरिनु पर्यो । सोहिकारण प्रदर्शको भर छैन । सृष्टिको ससक्त भूमिका रहेको रोमियो एन्ड मुना बल्लतल्ल सुटिङ सकिएको छ । यसको पनि रिलिज मिति टुंगो लागेको छैन । परेन त फसाद ।

विशेष