समाज

चुनावी नौंटकीमा एमाले अगाडि : कसैले गाई दुहे, कसैले भाँडा माझे (फोटो फिचर)

कसले केसम्म गरे ?

चुनावी नौंटकीमा एमाले अगाडि : कसैले गाई दुहे, कसैले भाँडा माझे (फोटो फिचर)

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा यसपटक केही नयाँ अनुहार र चर्चित व्यक्ति पनि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । उनीहरु यसकारण पनि चर्चामा छन् की उनीहरुले भोट माग्न पनि नौलो शैली अपनाएका छन् । कोही थारु गाउँ चहारेर टाउकोमा ढकिया बोक्दै छन् भने कोही गाई गोठमा छिरेर गाईको दूध दुहेको फोटो खिचिरहेका छन् । यसो गर्दा जनताको प्यारो र जनताको मन जित्न सकिन्छ भन्ने भ्रमलाई पालिरहेको देख्न सकिन्छ ।

 

१. नवराज सिलवाल : प्रहरीको आईजीपी बन्न नसकेपछि डीआईजी नवराज सिलवालले नेपाल प्रहरीको जागिरबाट राजीनामा दिए र नेकपा एमाले प्रवेश गरे । राजनीतिलाई भर्खर भर्खर अनुशरण गरिरहेका सिलवाल प्रतिनिधिसभाका लागि ललितपुर–१ बा उम्मेद्वार बनेका छन् । उनले किसानको खेतमा धान काट्दै भोट मागेको फोटो अहिले भाइरल बनिरहेको छ ।

२. रवीन्द्र अधिकारी : कास्की क्षेत्र न. २ बाट एमालेका प्रतिनिधिसभा उम्मेद्वार हुन् रवीन्द्र अधिकारी । यस निर्वाचनमा भोट माग्ने क्रममा उनले कास्कीकै एक किसानको गाईगोठमा गएर जर्सी गाईको दुध दोहेरै भोट मागे । अधिकारी जस्तो बौद्दिक र युवाको यो कामलाई अहिले धेरैले उडाइरहेका छन् । उनीजस्तो उम्मेदवारले यो काम गर्नु हुँदैनथ्यो भन्ने मत पनि बलियो बन्दै गएको छ ।

३. लालबाबु पण्डित : यी पनि एमालेकै उम्मेद्वार हुन् । सादा जीवन उच्च विचार राख्ने सादगी नेता लालबाबुले पनि मोरङमा किसानको खेतमा गएर हलो जोेतेर भोट मागे । उनको बढ्दो लोकप्रियताका अगाडि हलो जोतेर पोज दिनु सस्तो लोकप्रियता कमाउनमात्र भएको विश्लेषकहरु बताँउछन् ।

४. नारदमूनी राना : एक समय रातो पासपोर्ट बेचेर चर्चामा आएका यी पूर्व सभासद अदालतले निर्दोष सावित गरेका थिए । एमालेका यी उम्मेदवार अहिले यस कारण पनि चर्चामा छन् की उनको उम्मेद्वारी जुन क्षेत्रमा परेको छ सोही क्षेत्रमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवाको पनि उम्मेद्वारी परेको छ । कांग्रेसको पकड क्षेत्र मानिने कैलाली क्षेत्र न. ५ मा हाल बाम गठबन्धनले जित्ने चुनावी हिसाव किताब गरिएको छ । यसरी बलिया मानिएका रानालाई स्थानीय स्तरको नेता भएकाले पनि ‘टुरिष्ट’ उम्मेद्वारको ट्याग लागेकी आरजुलाई मत दिननसक्ने आधारहरु छन् । रानाले भोट माग्ने क्रममा जुन घरमा खाना खाए, खाइसकेपछि जुठो थाल पनि माझे । उनको यो कार्यलाई पनि धेरैले चुनावी फण्डाकै रुपमा लिएका छन् ।

५. आरजु देउवा : नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले धनगढी उपमहानगरपालिकाअन्तर्गत देबरीया गाउँमा त्यहाँका स्थानीय थारु महिलाले बनाउने र धेरै प्रयोग गर्ने ढकिया बोकिन् । यसले गर्दा स्थानीय थारु महिलाहरु गदगद भए । आजसम्म माखो नमारेको निर्वाचन क्षेत्रमा ढकिया बोक्दा मात्र पनि स्थानीय मतदाता मख्ख परिरहेको उक्त तस्बीरमै देख्न सकिन्छ । अझ उनले त टुरिष्ट उम्मेद्वारको ट्याग हटाउन त्यहाँका एक स्थानीय व्यापारीको घरसमेत किनिन् । तीन करोड रुपैयाँ भन्दा बढी खर्च गरेर अत्याधिक सुविधासम्पन्न घर किनेको खुलासा भएको छ ।

विशेष