मनोरञ्जन

कुनै समयकी यी बोल्ड अभिनेत्रीले किन गरिन् कपाल मुण्डन ?

कुनै समयकी यी बोल्ड अभिनेत्रीले किन गरिन् कपाल मुण्डन ?

एजेन्सी । के तपाईंलाई बलिउड फिल्म ‘आशिक बनाया आपने’ की हिरोइन तनुश्री दत्ता याद छ ? सन् २००४ मा मिस युनिभर्सको उपाधी जितेपछि तनुश्रीले बलिउडमा डेब्यु गरेकी थिइन् । आफ्नो पहिलो फिल्म ‘आशिक बनाया आपने’ मा उनले जमेरै बोल्ड दृश्य दिएकी थिइन् ।

इम्रान हास्मिनसँग बोल्ड दृश्य दिएर खेलिएको उक्त फिल्म सफल भयो । तर तनुश्रीको फिल्मी करियर भने ओरालो लाग्यो । उनी अन्तिम पटक सन् २०१० मा आएको फिल्म ‘अपार्टमेन्ट’ मा देखिएकी थिइन् । फिल्मबाट टाढा भएपछि सन् २०१२ मा उनी ‘बल्ड लुक’ खौरिएको कपालमा देखिएकी थिइन्, जसले गर्दा धेरै दर्शक चकित परे ।

करिब सात वर्षयता फिल्मबाट टाढा रहेकी तनुश्री हाल अमेरिकामा छिन् । तनुश्रीले आफ्नो कपाल मुण्डन गरेकोबारे उनी बहिनी इशिता दत्ताले मुख खोलेकी छिन् । हिमालय परिक्रमा गर्ने समयमा उनले आफ्नो कपाल मुण्डन गरेकी थिइन् । इशिताले पनि हाल फिल्म ‘फिरंगी’ बाट डेब्यु गरेकी छिन् ।

विशेष