यू–१९ एसिया कपः नेपाललाई ४६ रनको लक्ष्य

उन्नाईस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले २४ ओभरमा ४६ रनको लक्ष्य पाएको छ ।
मलेसियामा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । वर्षाका कारण २४ ओभरमा घटेको उक्त खेलमा मलेसियाले १५ ओभर ३ बलमै सबै विकेट गुमाएर ४५ रनमात्र जोड्न सफल भयो ।
मलेसियाका लागि ओपनर सेयद अजिजले २० रन तथा कप्तान भिरानदिप सिंहले १० रन जोडे । अन्य ६ खेलाडीले खाता नै खोल्न सकेनन् भने बाँकी तीन खेलाडीले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालको लागि सन्दीप लामिछानेले सर्वाधिक पाँच विकेट लिए । त्यस्तै कप्तान दिपेन्द्र सिंह ऐरी र सहब आलमले २–२ विकेट लिए भने अनिल शाहले १ विकेट लिए । २४ ओभरमा घटेको खेलमा नेपाल अहिले जवाफि ब्याटिङमा मैदान उत्रिँदैछ ।
nepal U-19 Cricket