खेल

यू–१९ एसिया कपः नेपाल ८ विकेटले विजयी

यू–१९ एसिया कपः नेपाल ८ विकेटले विजयी

उन्नाईस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले ८ विकेटको जित निकाल्न सफल भएको छ ।

मलेसियामा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । वर्षाका कारण २४ ओभरमा घटेको उक्त खेलमा मलेसियाले १५ ओभर ३ बलमै सबै विकेट गुमाएर ४५ रनमात्र जोड्न सफल भयो ।

मलेसियाका लागि ओपनर सेयद अजिजले २० रन तथा कप्तान भिरानदिप सिंहले १० रन जोडे । अन्य ६ खेलाडीले खाता नै खोल्न सकेनन् भने बाँकी तीन खेलाडीले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालको लागि सन्दीप लामिछानेले सर्वाधिक पाँच विकेट लिए । त्यस्तै कप्तान दिपेन्द्र सिंह ऐरी र सहब आलमले २–२ विकेट लिए भने अनिल शाहले १ विकेट लिए ।

त्यस्तै जवाफि ब्याटिङमा उत्रेको नेपालले ५ ओभर ३ बलमा लक्ष्य भेट्याएको हो ।

नेपालको लागि अनिल कुमार शाहले नटआउट २६ रन बनाए । त्यस्तै ऐरीले लगातार २ छक्का प्रहार गर्दै पेबिलियन फर्किए । नेपालकाे उक्त खेलमा रनरेट ९.२७ रहेकाे छ ।

विशेष