मनोरञ्जन

१४ वर्षपछि अनिल र माधुरी फेरि पर्दामा सँगै देखिदैं

१४ वर्षपछि अनिल र माधुरी फेरि पर्दामा सँगै देखिदैं

एजेन्सी । बलिउड अभिनेता अनिल कपुर र अभिनेत्री माधुरी दिक्षितका फ्यानहरुले उनीहरुको अन स्क्रीन रोमान्स फेरि पनि देख्ने मोका पाउने भएका छन् । स्रोतले जनाएअनुसार ९०को दशकका चर्चित यी जोडि अब ‘टोटल धमाल’ मा देखिने भएका हुन् ।

फिल्मका निर्देशक इन्द्र कुमारले भारतको एक चर्चित अखबारसँगको अन्तर्वार्तामा बोल्दै यी दुईले अब सिल्भर स्क्रिनमा सँगै काम गर्नेल खुलासा गरेका हुन् । निर्देशले उक्त फिल्म एक कमेडी फिल्म हुने र दर्शकलाई ‘धक धक....’ मा जस्तो  राेमान्स भने आशा नगर्नसमेत सुझाएका छन् । तर, दर्शकलाई फिल्मले भरपूर मनोरञ्जन दिने कुरामा आफू ढुक्क भएको उनले बताएका छन् ।
अनिल र माधुरीले एकसाथ फिल्म ‘राम लखन’, ‘परिन्दा’, ‘पुकार’ र ‘बेटा’ जस्ता फिल्मले एकसाथ काम गरेका छन् ।

anil kapoor

विशेष