मनोरञ्जन

‘विवाह नभए नै खुशी छु’

‘विवाह नभए नै खुशी छु’

एजेन्सी । बलिउड अभिनेता सलमान खानको नयाँ फिल्म आए पनि नआए पनि एउटा कुराले उनलाई सधैं चर्चामै राख्छ । त्यो हो, उनको विवाहको कुरा । अविवाहित सलमन ‘विवाह कहिले?’ भन्ने प्रश्नले हैरान भइसकेका छन् । अक्सर यो प्रश्नको जवाफ नदिने सलमानले यसपटक भने उत्तर दिएका छन् ।

अन्तर्वार्तामा बोल्दै सलमानले भने, ‘मसँग विवाहबारे कुनै पनि उत्तर छैन । मलाई यस कुरामा खुशी लाग्छ की, धेरै मानिस मेरो विवाहलाई लिएर चिन्तित छन् । तर, मलाई हैरान भइसक्यो की मेरो विवाहले अरुलाई के फाइदा हुन्छ ? विवाह कहिले हुन्छ भन्नेबारे केही थाहा छैन । तर, म एकदम खुशी छु ।’

सलमानको आउँदो फिल्म ‘टाइगर जिन्दा है’ ले युटुबमा सबभन्दा धेरै भ्युजको रेकर्ड बनाएको छ । यसका साथै फिल्म ‘रेस ३’ लाई लिएर पनि उनी अहिले चर्चामा छन् ।

 

विशेष