मुलुकलाई अन्तर्राष्ट्रिय तहमा चिनाउन खेलाडीको महत्व छ : मन्त्री केसी
काठमाडौँ । चन्द्रागिरि गोल्डकप डिभिजन फुटबल प्रतियोगिता आजबाट शुरु भएको छ ।
ब्राइट युथ क्लबको आयोजनामा चन्द्रागिरि नगरपालिका–१४ स्थित खेलमैदानमा आगामी मंसिर ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा आठवटा समूह सहभागी छन् ।
खेलको शुभारम्भ गर्दै युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले विभिन्न खेलकुदका माध्यमबाट मुलुकलाई अन्तर्राष्ट्रिय तहमा चिनाउन खेलाडीको महत्वपूर्ण भूमिका हुने बताए ।
दक्ष खेलाडीे उत्पादनका लागि समाजले आवश्यक वातावरण बनाउन सहयोग गर्नुपर्ने बताउँदै उनले यो खेल मैदानको स्तरोन्नतिका लागि विस्तृत परियोजना प्रतिवेदन ल्याएमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
ब्राइट युथ क्लबका अध्यक्ष रमेश बुढाथोकीले खेलकुद क्षेत्रको विकासमा सरकारले लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए । क्लबका सल्लाहाकार देवेन्द्र प्रधानले प्रतियोगितामा पहिलो हुनेलाई रु पाँच लाख र दोस्रोलाई रु साढे दुई लाख नगद पुरस्कार उपलब्ध गराइने जानकारी दिएका छन् ।
nepali football chandragiri goldcup