खेल

विश्वविजेता इटाली ६० वर्षपछि विश्वकपमा छनोट भएन, खेलाडीले रूँदै मैदान छाडे

विश्वविजेता इटाली ६० वर्षपछि विश्वकपमा छनोट भएन, खेलाडीले रूँदै मैदान छाडे

काठमाडौं । पूर्वविश्वविजेता इटाली सन् १९५८ यता पहिलो पटक विश्वकप फुटबल प्रतियोगितामा छनोट हुन असफल भएको छ ।

स्वीडेनविरूद्ध घरेलु मैदान सान सियारोमा भएको प्ले अफको दोस्रो लेगको खेल गोलरहित बराबरीमा सकिएपछि ६० वर्षयता पहिलोपटक इटाली विश्वकपमा पुग्न असफल भएको हो ।

पहिलो लेगमा स्वीडेनलाई १० ले नतिजा सुम्पिएपछि इटालीको विश्वकप यात्रा धरापमा परेको थियो । सन् २००२ को विजेता इटालीलाई रूवाउन पहिलो लेगमा स्वीडेनका लागि ज्याकोब जोनसोनले गरेको गोल नै पर्याप्त भयो ।

दोस्रो लेगमा इटालीलाई स्वीडेनविरूद्ध २ गोलअन्तरको नतिजा निकाल्नु पर्ने थियो । तर, स्वीडेनले आफू अनुकुल नतिजा निकाल्दै गोलरहित बराबरीमा रोकिदियो ।

युरोपेली महादेशबाट स्पेनसँग एउटै समूह रहेको इटाली समूह चरणको छनोट खेलमा दोस्रो भएपछि प्ले अफमा धकेलिएको थियो । विश्वकप यात्रा तुहिएपछि इटालीका भेट्रान गोल किपर बुफोनसिहतका खेलाडीले रूँदै मैदान छाडेका थिए भने समर्थकहरू आक्रोशित भएका छन् ।

विशेष