खेल

अविवाहित रोनाल्डो एकै वर्षमा बने तीन सन्तानको पिता !

अविवाहित  रोनाल्डो एकै वर्षमा बने तीन सन्तानको पिता !

काठमाडौं । अहिलेसम्म अविवाहित रहेका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो एक वर्षमै तीन सन्तानको पिता बनेका छन् ।

रियल मड्रिड क्लबका ३२ वर्षीय स्टार फुटबलर रोनाल्डोको २२ वर्षीय गलफ्रेन्ड गर्जिना रोड्रिग्जले आइतबार छोरीलाई जन्म दिएपछि उनी एक वर्षमै तीन सन्तानका पिता बनेका हुन् ।

उनले आफ्नो छोरीका नाम एलेना मार्टिना राखेका छन् । अहिलेसम्म उनी चार सन्तानका पिता बनिसकेका छन् । सन् २०१० जुलाईमा ुसेरोगेसीु आमाको मद्धतबाट एक छोरा जन्माइसकेका छन् । उनले आफ्नो छोराको नाम क्रिस्टियानो रोनाल्डो जुनियर राखेका छन् ।

त्यस्तै, यसैवर्षको सुरुतिर अमेरिकन सेरोगेसी आमाकै मद्धतबाट उनी जुम्ल्याहा छोरीका पिता बनेका थिए । जुम्ल्याह दुई छोरीको नाम इभा र मटेओ राखेका छन् ।

 गत आइतबार सात वर्षीय छोरा क्रिस्टियानो रोनाल्डो जुनियरसँगै आफ्नो परिवारको नयाँ सदस्य छोरी र गलफ्रेन्ड रोड्रिग्जलाई भेट्न अस्पताल नै पुगेका थिए । उनले आफ्नो इन्स्टाग्राममा लेखेका छन्, ‘एलेना मार्टिना भर्खरै जन्मेकी छन्, दुबैजना एलेना र गर्जिना खेलिरहेका छन् , हामी सबैजना धेरै खुशी छौँ ।’

सेरोगेसी आमाको मद्धतबाट एक छोरा, दुई छोरी र गलफ्रेन्ड रोड्रिग्जले जन्माएकी एक छोरीसहित उनी चार सन्तानका पिता बनेका हुन् । पोर्चुगलको महान् फुटबल खेलाडीको रुपमा चिनिएका उनी यसै वर्ष फिफाको सर्वक्षेष्ठ खेलाडीसमेत बन्न सफल भएका थिए ।

विशेष