मनोरञ्जन

मोहनीजाल लिएर आए नव गायक टिका मगर (भिडियोसहित)

मोहनीजाल लिएर आए नव गायक टिका मगर (भिडियोसहित)

काठमाडौं । नव गायक टिका मगर आफ्नो पहिलो प्रस्तुति मोहनीजाल लिएर नेपाली सांगीतिक आकाशमा प्रवेश गरेका छन् ।

गायक  टिकाको पहिलो गीत मोहनीजालको म्युजिक भिडियो भर्खर मात्र सार्बजनिक भएको छ । लक्ष्मण बस्नेतको शब्द र मोहन मगरको संगीत रहेको मोहनीजालमा रोशन बान्तवाको संगीत संयोजन रहेको छ ।

म्युजिक भिडियोमा अमृत, श्रवण, मोनिका ,स्वेच्छा लगायत सामुहिक अभिनय हेर्न सकिन्छ ।अहिलेका अति ब्यस्त सिनेमाटोग्राफर ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई सुरेश राउतले सम्पादन गरेका हुन् । भिडियोलाई एम आर क्रियशनले निर्माण गरेको जसको निर्देशन रोहित बस्नेतले गरेका हुन् ।

अरु पनि गीतहरु रेकर्ड हुदै गरेको र अब केहि समय पछि अन्य गीतहरु भिडियो निर्माण गरिने गायकका दाई संगीतकार मोहन मगर जानकारी दिए ।

विशेष