देश

चन्द्रशमशेरको अगाडि यी वैज्ञानिकको साथबाट पेस्तोल खसेपछि...रहस्यमै छ मृत्यु पनि

मञ्जु मिश्र

चन्द्रशमशेरको अगाडि यी वैज्ञानिकको साथबाट पेस्तोल खसेपछि...रहस्यमै छ मृत्यु पनि

काठमाडौं । यो हो ‘विरा गन’ जसलाई सन् १८९६ मा नेपालका पहिलो वैज्ञानिक जनरल गेहेन्द्र शमशेर जंगबहादुर राणा आफैले निर्माण गरेका थिए । त्यसताका नेपाली सेनाले एकनाले बन्दुक मात्र चलाउने गथ्र्याे । पछि गेहेन्द्रले यो बन्दुक निर्माण गरे जुन दुईनाले बन्दुक थियो । यसले एकदमै द्रुत गतिमा फायर गर्न सक्थ्यो ।

विडम्बना भन्ने वा नेपालका शासकहरुको लालची, जुन अहिले ब्रिटेनको संग्रहालयमा बेचिएको छ । तत्कालीन शासकहरुले यसलाई ३० हजार डलरमा बेचेका थिए ।

यही सन्दर्भमा गेहेन्द्रले गरेका उल्लेख्य कामहरुबारे हामी यहाँ चर्चा गर्दैछौं । उनी वीर शमशेरका जेठा छोरा थिए । कलकत्तामा जन्मिएकाले होला, त्यसबेला उनी ब्रिटिसहरुको सम्पर्कमा आए । त्यसताका राणा शासकहरुले बेलायतीहरुसँग राम्रो सम्बन्ध स्थापित गरेका थिए ।

विजुली, उद्योगधन्दा, बन्दुक र मोटर कारमा उनको रुची बढ्दै गयो । महत्वपूर्ण कुरा त के भने जब उनी नेपाल आए ती आधुनिक हातहतियारदेखि लिएर विजुलीको उत्पादन कसरी गर्ने समेत अध्ययन गरे । उनले विभिन्न आधुनिक हातहतियार आफैले बनाए । जमलमा हावाबाट चल्ने बिजुली निकाले । पानीबाट लघुजलविद्युत बनाएर सेतो दरबारमा उज्यालो पारे । त्यसबेला राणाहरु जनतालाई कुनै पनि खाले सेवा सुविधा दिन रुचाउँदैन थिए । उनलाई अनुमति दिएको भए उनले नेपाल उज्यालो बनाउन सक्थे ।

उनले बेलायतबाट फोर्ड कम्पनीको कार आयात गरेका थिए र त्यसका पार्टपुर्जा खोलेर जस्ताको त्यस्तै जोडिदिएका थिए भन्ने इतिहासमा उल्लेख छ । पछि उनले आफैले नेपालमा कार बनाए । उनी आफैले बनाएको कार चढ्थे । उनले तत्कालीन महाराज पृथ्वीवीर विक्रम शाहलाई आफूले बनाएको कार उपहार पनि दिएका थिए । दक्ष चालकको अभावमा उक्त कार त्यसै थन्किएको थियो भन्ने पनि गरिन्छ ।

गेहेन्द्र यस्तो पहिलो नेपाली हुन् जसले जापानमा गएर आधुनिक प्रविधि सिके र उनलाई देव शमशेरले पढ्न पठाएका थिए । सायद देव र गेहेन्द्र मिलेर नेपालमा केही नौलो आविष्कार गर्थे होलान् तर गेहेन्द्रको प्रगति देखेर जलेका चन्द्र शमशेरले उनलाई मार्न लगाए । जापानबाट आएर उनले एउटा आधुनिक पेस्तोल निर्माण गरेका थिए जुन देखाउन उनी चन्द्र शमशेरको हजुरीमा गएका थिए । पेस्तोल उनको कोटको खल्तीमा थियो । ज्यू गर्नेबेलामा सामुन्नेमै झ-यो ।

३५ वर्षको उमेरमा उनको रहस्यमय मृत्यु भएको थियो जुन अहिलेसम्म पनि पर्दाफास भएको छैन ।

 

 

 

विशेष