मनोरञ्जन

‘बाहुबली २’ को नक्कल गर्ना खोज्दा भयो यस्तो

‘बाहुबली २’ को नक्कल गर्ना खोज्दा भयो यस्तो

एजेन्सी । ‘बाहुबली २’ को स्टन्ट सिन गर्दा भारतका एकजना व्यक्तिको हड्डी नै भाँचिएको छ । फिल्मको एक दृश्यमा प्रभास हात्तीको सुढ समातेर हात्तीको टाउकोमा चढ्छन् । फिल्मको यसै स्टन्टलाई भारतको केरलास्थित थोडापुझाका एक युवकले गर्ने कोशिश गरे । तर, तालिम नपाएको हात्तीले युवकलाई सुढबाट यसरी उचालेर पछार्यो की, ती युवकको हड्डी नै भाँचियो ।

हाल ती युवकलाई अस्पताल भर्ना गरिएको छ । युवकको स्थिती निकै नाजुक रहेको स्रोतले बताएको छ । युवकले सुरुमा हात्तीलाई केही खानेकुरा दिए र त्यसपछि फिल्म ‘बाहुबली २’ को स्टन्ट कोशिश गर्न थाले । उनले हात्तीको सुड समातेर माथि चढ्नै लागेका थिए, युवकको हर्कतबाट रिसाएको हात्तीले युवकलाई उचालेर फालिदियो ।

टाउको र गर्दन भुईंमा ठोक्किएपछि युवकको शरिरको हड्डी भाँचिएको छ । उक्त घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

फिल्म ‘बाहुबली २’ मा हात्तीको सुँढमा चढ्ने दृश्य स्टन्टम्यान र तालिमप्राप्त व्यक्तिहरुको निगरानीमा खिचिएको थियो । उक्त दृश्य खिच्नका लागि पनि तालिमप्राप्त हात्तीलाई ल्याइएको थियो । यसकासाथै दृश्यमा अझै निखार ल्याउनका लागि भिएफएक्सको पनि प्रयोग भएको थियो ।

 

विशेष