मनोरञ्जन

‘एकादेशमा इन्टरनेसनल फिल्म फेस्टिभल’ मा ऋचा र अर्पणको ‘सिल्भर बेंगल्स’

‘एकादेशमा इन्टरनेसनल फिल्म फेस्टिभल’ मा ऋचा र अर्पणको ‘सिल्भर बेंगल्स’

काठमाडौं । काठमाडौंको राजधानीस्थित कुमारी हलमा ‘एकादेशमा इन्टरनेसनल फिल्म फेस्टिभल’ नोभेम्बर १६(बिहीबार) देखि सुरु हुने भएको छ । सो फेस्टिभल १९ तारिखसम्म आयोजना हुने छ । करिब २१ वटा नेपाली फिल्म उक्त फेस्टिभलमा प्रतिस्पर्धा गर्ने भएका छन् । कुमारी हलमा हुने भव्य ओपनिङमा भने फिल्म ‘सिल्भर ब्यांगल्स’ सहित तीनवटा अन्तर्राष्ट्रिय सर्ट फिल्म प्रदर्शन हुने भएको छ ।

फिल्म ‘सिल्भर ब्यांगल्स’ लाई रोशनविक्रम ठकुरीले निर्देशन गरेका हुन् । ठकुरीले तीन वर्षअघि सर्ट फिल्म ‘रङ’ को निर्देशन गरेका थिए । जसले विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरुमा समेत सहभागिता जनाएको थियो । फेस्टिभलमा ४३ देशका ९९ वटा नेपाली तथा विदेशी फिल्मले प्रतिस्पर्धामा सहभागिता जनाउने छन् ।

‘एकादेशमा इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल’ को ओपनिङमा देखाइने चारवटा फिल्ममध्ये नेपाली सर्ट फिल्म ‘सिल्भर बेंगल्स’ मुख्य प्रतिस्पर्धामा पर्न सफल भएको छ । फिल्ममा अभिनेत्री ऋचा शर्मा र अर्पण थापाको मुख्य भूमिका रहेको छ । माओवादी द्वन्द्वकालमा भएको जातीय द्वन्द्वलाई फिल्मले मुखरित गरेको छ । फिल्ममा अर्पण थापाले एक दलितको भूमिका निर्वाह गरेका छन् र ऋचाले ब्राहमणको । दुईबीचको प्रेम सम्बन्धमा समाज तगारो बनेपछि र उनीहरुले बच्चालाई हुर्काउन गरेका संघर्षलाई फिल्मले कथामा बुनेको निर्देशक ठकुरीले बताए ।

गण्डकी अञ्चलमा भएको सत्य घटनामा आधारित रहेको फिल्म ‘सिल्भर बेंगल्स’ सुडानेन्स फिल्म फेस्टिभल, टोरोन्टो र बर्लिन फिल्म फेस्टिभलमा पनि छनौट भएको छ । ठकुरीले पहिलो पटक आफ्नै निर्माण र निर्देशनमा सर्ट फिल्म ‘सिल्भर बेंगल्स’ बनाएका हुन् । तीन वर्षअघि उनले फिचर फिल्म ‘रङ’ निर्देशन गरेका थिए ।

सो समारोहका मुख्य जुरी मनिषा कोइराला, मोस्टो फासारवर फारुकी र पाओलो बर्टोलिनी रहेका छन् । ‘एकादेशमा इन्टरनेसनल फिल्म फेस्टिभल’ को यो पाँचौ संस्करण हो ।

">

विशेष