मनोरञ्जन

जब आमिर खानले करिष्मा कपुरलाई किस गर्नुअघि एक लिटर भोड्का पिए

जब आमिर खानले करिष्मा कपुरलाई किस गर्नुअघि एक लिटर भोड्का पिए

एजेन्सी । निर्देशक धर्मेश दर्शनको फिल्म ‘राजा हिन्दुस्तानी’ रिलिज भएको आज २१ वर्ष पूरा भएको छ । फिल्ममा बलिउड अभिनेता आमीर खान र करिश्मा कपूरले लिड रोलमा काम गरेका थिए । यस फिल्मसँग जोडिएका धेरै रमाइला घटनाहरु छन् । तिनै घटनामध्ये एक घटना यो पनि हो की, फिल्मको गीत ‘तेरे इश्क मे नाचेंगे’ सुटिङ गर्नका लागि आमीरले गीतमा रियालिटी आउन सकोस् भनेर एक लिटर भोड्का पिएका थिए ।

फिल्ममा आमीर र करिश्माले दिएको किसिङ सिन पनि त्यतिबेला बलिउडमा सर्वाधिक चर्चाको विषय बनेको थियो । फिल्ममा आमीर र करिश्माको किस सिनलाई बलिउडकै सबभन्दा लामो किस सिन मानिन्छ । उक्त दृश्य खिच्नुअघि निर्देशक तनावमा थिए । किनभने उनी उक्त दृश्य अश्लील नदेखियोस् भन्ने चाहन्थे ।

सन् १९९६ को बलक्बस्टर हिट फिल्म ‘राजा हिन्दुस्तानी’ मा करिश्मा कपूर निर्देशकलाई मन परेकी थिइनन् । धर्मेश दर्शनले उक्त फिल्म पहिला ऐश्वर्या रायलाई अफर गरेका थिए । तर त्यतिबेला ऐश्वर्याले फिल्ममा आफ्नो करियर बनाउने या नबनाउने भन्नेबारे निर्णय गरिसकेकी थिइनन् । त्यसकारण उनले अफर अस्वीकार गरिन् । त्यसपछि निर्देशकले उक्त अफर पूजा भट्टलाई दिने सोचे । तर, आमिरले आफूले कहिल्यै काम नगरेको हिरोइनसँग काम गर्ने इच्छा भएको बताएपछि करिश्मालाई फिल्ममा लिइयो ।

फिल्मको गीत ‘तेरे इश्क मे नाचेंगे’ मा आमीरलाई नशामा देखाइएको छ । उक्त गीतमा रियल फिल गर्नका लागि आमीरले एक लिटर भोड्का पिएका थिए । फिल्मको लागि आमीर पनि काम गर्न तयार थिएनन् । तर, निर्देशकले फिल्म व्यवसायिक रुपमा सफल हुने बताएपछि उनी काम गर्न राजी भएका थिए ।

विशेष