खेल

यू–१९ एसिया कप: बंगलादेशलाई २ रनले हराउँदै पाकिस्तान फाइनलमा

यू–१९ एसिया कप: बंगलादेशलाई २ रनले हराउँदै पाकिस्तान फाइनलमा

मलेसियामा जारी यू–१९ एसिया कप क्रिकेटमा बंगालदेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा प्रवेश गरेको छ । बिहीबार किनरारा ओभलमा भएको खेलमा वर्षाले खेल रोकिँदा बंगलादेशलाई २ रनको झिनो अन्तरको पन्छाउँदै पाकिस्तान उपाधि नजिक पुगेको हो ।

टस जितेर २ सय ७५ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३९ ओभरमा ५ विकेट गुमाउँदै १९९ रन बनाएर खेलिरहँदा वर्षाले खेल अवरुद्ध भएको थियो । केहीबेरसम्म पनि वर्षा जारी रहेपछि ‘डिएल मेथड’का आधारमा पाकिस्तानलाई २ रनले विजयी घोषणा गरिएको हो ।

पाकिस्तानाका लागि मोहमद ताहाले सर्वाधिक ९२ रनको योगदान दिए । त्यस्तै साद खानले नटआउट ३५ रन जोडे भने रोहाल नाजिरले २६ रन जाेडे । बलिङतर्फ बंगलादेशका क्वाजी इस्लामले २ विकेट लिए तथा आफिद हसन र मोहम्मद साक्वात हसनले १-१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरको खेलमा ६ विकेटको क्षतिमा २ सय ७४ रन बनाएको थियो । उसका लागि पिनाक घोषले सर्वाधिक ८२, सइफ हुसेनले ६१ र अफिफ हुसेनले नटआउट ५२ रन जोडेका थिए । बलिङतर्फ पाकिस्तानका मुनिर रियाजले ३ विकेट लिएका थिए ।

पाकिस्तानले उपाधिका लागि आइतबार नेपाल वा अफगानिस्तानमध्ये एक सँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र अफगानिस्तानबीचको हुने दोस्रो सेमिफाइनल खेल भोलि किनरारा मैदानमा हुनेछ ।

ACC U-19 Asia Cup

विशेष