मनोरञ्जन

श्रीदेवीकी छोरी नायिका, यस्तो छ उनको पहिलो फिल्म

श्रीदेवीकी छोरी नायिका,  यस्तो छ उनको पहिलो फिल्म

मुम्बई । चर्चित बलिउड नायिका श्रीदेवीकी छोरी जान्हवीको पहिलो फिल्म ‘धडक’ को फस्र्ट लुक रिलिज भएको छ। यो फिल्ममा जान्हवी शाहिद कपुरको सौैतेनी भाईसँग देखा पर्दैछिन्।

पोस्टरमा दुबै रोमान्टिक देखिएका छन्। ‘धडक’ मराठी फिल्म ‘सैराट’ को हिन्दी रिमिक हो। जसमा इशान खट्टर र जान्हवी कपुर मुख्य भूमिकामा छन्। फिल्मलाई धर्मा प्रोडक्सन र जी स्टुडियोले बजारमा उतार्न लागेको हो। फिल्मको निर्देशक सशांक खेतान हुन्। २०१८ को ६ जुलाईमा रिलिज गर्ने भनिएको फिल्मको सुटिङ १ डिसेम्बरदेखि हुनेछ।

मराठी फिल्म ‘सैराट’ ब्लकबस्टर सावित भएको थियो। यो फिल्ममा मुख्य भूमिका निर्वाह गर्ने रिंकु गुप्ताले राष्ट्रिय पुरस्कार प्राप्त गरेकी थिइन्।

सैफ अली खानकी छोरी सारा अली खान पनि ‘केदारनाथ’ बाट फिल्ममा उत्रिन लागेको अवस्थामा दुबै स्टार छोरीहरुको प्रतिस्पर्धा रोचक मानिएको छ। सारा अलीको फिल्म २०१८ कै डिसेम्बर २१ मा रिलिज हुँदैछ।

विशेष