मनोरञ्जन

१२ वटा फिल्म फ्लप भएपछिमात्र उदाएका थिए अमिताभ

१२ वटा फिल्म फ्लप भएपछिमात्र उदाएका थिए अमिताभ

एजेन्सी । बलिउडका सुपरस्टार अमिताभ वच्चन कुनै समय बलिउडमा पटक पटक अडिसन दिँदा पनि आउट भइरहे । क्यामेरामा सुट गर्न असुहाउँदो अनुहार र उनको आवाजले गर्दा उनी पटक पटक अडिसनबाट फालिएका थिए । तर आज उनको यही स्वर संसारभर चिनिन्छ र यही आवाजले उनलाई ‘गहिरो र गह्रुंगो’आवाजको छवि पनि दिएको छ ।

धेरै समयको मेहनत र लगाव पछि उनले फिल्ममा काम गर्न पाए । तर, उनले पहिला अभिनय गरेका १२ वटा फिल्म फ्लप भए । तेह्रौ फिल्म ‘जञ्जिर’ हिट भएपछि बल्ल उनले सफलताको स्वाद चाख्न पाए । निरन्तरको असफलताबाट कत्ति पनि हतोत्साहित नभई उनी अघि बढ्दै गए र समयक्रममा बलिउडकै सार्वधिक सम्मानित व्यक्ति बन्नपुगे ।

 

विशेष