संजयलिला भन्सालीको टाउकोको मूल्य पाँच करोड !
मुम्बर्इ । रिलिजको तयारीमा रहेको बलिउड फिल्म ‘पद्मावती’का निर्देशक संजय लीला भंसालीको टाउकोको मूल्य पाँच करोड तोकिएको छ ।
निर्देशक भंसालीको टाउको काटेर ल्याउनेलार्इ ५ करोडको पुरस्कार दिने घोषणा भारतको उत्तर–प्रदेशका एक राजपूत नेताले गरेका हुन् ।
रिलिजभन्दा पहिले नै उक्त फिल्म विवादमा तानिएको छ । राजपूत समाजका मानिसहरूले रिलिजअघि नै हलमा आगो लगाउने तथा तोडफोड गर्ने जस्ता हिंसात्मक धम्की दिएका छन् ।
फिल्मको विरोध हुनाको कारणहरू मध्ये मुख्य रुपमा फिल्ममा हमलावर अलाउद्दीन खिलजीको गलत कामलार्इ पनि बढाइचढाइ गर्नु, फिल्ममा देखाइएको घुमर नाचको दृश्य आदि हुन् । राजपूत समाजमा घुमर नृत्य पुरुषहरूको सामु नदेखाइने भए पनि फिल्ममा देखाइएकोले विरोध भएको बुझिएको छ ।