Technology

नेपालमा अब चीनिया इन्टरनेट, तयारीको अन्तिम चरणमा

नेपालमा अब चीनिया इन्टरनेट, तयारीको अन्तिम चरणमा

काठमाडौं । अन्तिम तयारी भइसकेको नेपाल चीन जोड्ने स्थल केबुल मार्ग ९ईन्टरनेट० को व्यवसायिक संचालन गर्न नेपाल टेलिकमले चाइना टेलिकम ग्लोबल सिटिजीलाई आग्रह गरेको छ ।

गत हप्ता सिटिजीलाई पत्राचार गर्दै सबै तयारी पूरा भएकाले व्यवसायिक सुरुवात गर्न स्वीकृति माग्दै टेलिकमले पत्राचार गरेको हो । नेपालको तर्फबाट सम्पूर्ण तयारी पूरा भइसकेको भन्दै टेलिकमले चाइना टेलिकमलाई व्यवसायिक थालनी गर्न गत हप्ता पत्राचार गरेको टेलिकमका सहप्रबक्ता सोभन अधिकारीले बताए ।

नेपालले चाइना रुटको व्यवसायिक सुरुवात गर्न चाइना टेलिकमले पनि तयारी पूरा भएको जानकारी सहित स्वीकृति दिनुपर्नेछ । यही स्विकृतीका लागि टेलिकमले पत्राचार गरेको हो ।

रुटको काम सकिएर त्यसको टेस्टिङ भइरहेको छ । टेस्टिङपछि त्यसलाई व्यवसायिक सुरुवात गर्न लागिएको हो । रि रुट गरेर अन्तिम तयारी गरेको टेलिकमले कार्तिकको तेस्रो सातासम्ममा व्यवसायिक सुरुवात गर्ने समयसीमा तोकेको थियो ।

विशेष