मनोरञ्जन

मिस वल्र्डको फाइनल आज, निकिताले जित्लिन् त ताज ?

मिस वल्र्डको फाइनल आज, निकिताले जित्लिन् त ताज ?

काठमाडौं । मिस वल्र्डको६७ औं संस्करणको ग्राण्ड फिनाले शनिबार हुँदै छ । चाइनाको सान्या सिटिमा आयोजना हुने उक्त समारोहमा विश्वभरका ११८ सुन्दरीहरुले सहभागिता जनाउने छन् । जसमध्ये नेपाल सुन्दरी २०१७ निकिता चाण्डकले पनि सहभागीता जनाएकी छिन् ।

मोरङ उर्लाबारीकी चाण्डकले ‘हेड टु हेड च्यालेन्ज’ मार्फत टप ४० मा प्रवेश गरिसकेकी छिन् । २० वर्षीया चाण्डक मिस नेपाल घोषित हुँदा विवादमा परेपनि हाल उनले मिस वल्र्डमा दिएका प्रस्तुतीबाट धेरैको मन जितिसकेकी छिन् ।

सामाजिक सञ्जाल इन्टाग्राममा चाण्डकले आफूमा धेरैको विश्वास र आशा भएको र विश्वको मञ्चमा आज नेपालले इतिहास कोर्ने उल्लेख गरेकी छिन् । सबैको मायाप्रति आफू आभारी भएको भन्दै उनले आफ्नो तर्फबाट शत प्रतिशत दिने वाचा गरेकी छिन् ।

मिस वल्र्डको फाइनल आज शनिबार नेपाली समय साँझ ५ बजेर १५ मिनेटमा सुरु हुनेछ । मिस वल्र्डको आधिकारिक वेबसाइट, युटुब र फेसबुकमा कार्यक्रम प्रत्यक्ष प्रशारण हुनेछ । प्युर्टो रिकोकी मिस वल्र्ड २०१६ स्टेफानी डेल भालीले तीन घण्टाको ककार्यक्रमको अन्त्यमा मिस वल्र्ड विजेता २०१७ लाई ताज पहिराइदिने छिन् । के निकिताले जित्लीन् त त्यो ताज ?

Nikita Chandak

विशेष