मुख्य समाचार

आमाको हातको जाउलो नै अन्तिम भयो प्रकाशका लागि

आमाको हातको जाउलो नै अन्तिम भयो प्रकाशका लागि

काठमाडौं । पुष्पकमल दाहालका छोरा प्रकाशको मृत्यु अस्पताल ल्याउनु अगावै भईसकेको उनी निटकले जनाएका छन् ।
थापाथलीस्थित नर्भिक अस्पताल ल्याउँदा प्रकाशको चेत थिएन । राति आमा सीताले जाउलो खुवाएर कोठामा छाडी सुत्न गएकी थिइन् ।
बिहान उठेर बोलाउँदा नबोलेपछि प्रकाशलाई अस्पताल पुर्‍याइएको थियो ।

प्रकाश तीन दिनदेखि लाजिम्पाटमा आमासँगै बस्दै आएका थिए । शारीरिक रुपमा अस्वस्थ भएपछि बाबु पुष्पकमल दाहाललाई छाडेर उनी काठमाडौं फर्किएका थिए । अस्पतालमा पुगेका एक प्रहरी अधिकृतका अनुसार प्रकाशको नाकबाट हल्का रगत बगेको थियो । ‘अस्पतालले ब्रेन हेम्म्रेज हो वा हृदयघातबाट मृत्यु भएको हो नखुलाइसकेकाले मृत्युको कारण यही हो भन्ने अवस्था छैन, ती अधिकृतले भने ।

प्रकाश शनिबार राति आठ बजेसम्म पनि साथीहरुसँग सम्पर्कमा रहेको पारिवारिक स्रोतले जनाएको छ । एक आफन्तले भने,‘ हिजो राति पनि फोनमा कुरा भएको थियो, स्वास्थ्य ठीक छैन भन्दै गुनासो गरिरहेका थिए ।’

आर्थिक अवस्था बलियो भएपनि प्रकाशले स्वास्थ्यमा हेलचक्राई गरेको केहीले आशंका गरेका छन् । स्वास्थ्य राम्रो नभएपछि चिकित्सक कहाँ जानु सट्टा उनी घरमै आराम गरिरहेका थिए ।

 

विशेष