मुख्य समाचार

महराले ३० लाख मागेको भिडियो यसरी बन्यो भाइरल

महराले ३० लाख मागेको भिडियो यसरी बन्यो भाइरल

काठमाडौं । जिल्ला खेलकुद संघ दाङले आगामी पुसमा गर्ने भनेको फुटबल प्रतियोगिताका लागि उपप्रधानमन्त्री एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा अर्थसचिव शंकरप्रसाद अधिकारीलाई फोन गर्छन् र खेलकुद मन्त्रालय मार्फत करिब ३० लाख रुपैयाँ उपलब्ध गराइदिन अनुरोध गर्छन् । उनले सो रकमको शीर्षक ‘फुटबल कार्यक्रमको व्यवस्थापकीय तयारीका लागि’ राखेर पठाइदिन अनुरोध गर्छन् । त्यसपछि उनी आफ्ना कार्यकर्तालाई ढुक्क बनाउँदै भन्छन्, ‘मैले अर्थमन्त्रालयको सचिवलाई भनिसकेको छु, तपाईंहरु खेलकुद मन्त्रालयसँग रकम माग गर्नुहोस् अनि उसले पैसा छैन भन्छ । त्यसपछि अर्थमन्त्रालयमा भनिदिनुस् भनेर भन्नुस्, तपाईंहरुले पैसा पाउनु हुन्छ ।’

उता विपक्षीहरुले योे खेलकुदका लागि नभई चुनावको मुखमा आफ्ना कार्यकर्ताका लागि भएको भनेर भाइरल बनाएका छन् ।

एक जना नेताले एक कल फोनको भरमा कसरी राज्यको ढुकुटीबाट रकम हिनामिना गर्नसक्छ भन्ने उदाहरण यस भिडीयोबाट प्राप्त भएको छ । यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

https://www.facebook.com/imandarmedia/videos/1860072797339612/

विशेष