मुख्य समाचार

दुई श्रीमती र दुई छोरालाई टुहुरो बनाएर गए प्रकाश

दुई श्रीमती र दुई छोरालाई टुहुरो बनाएर गए प्रकाश

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का एकमात्र छोरा प्रकाश दाहालको निधन भएपछि उनको परिवारमा बज्रपात आइपरेको छ ।

युद्दकालमा होस् या त्यसपछि बाबु प्रचण्डको सचिवालय र सम्पूर्ण चाँजोपाँजोको जिम्मा सम्हाल्दै आएका प्रकाशको निधनपछि प्रचण्डले दाहिने हात गुमाएका त छन् नै, अब उनको सक्रियता, पारिवारिक व्यवस्थापन लगायतका विषयलाई लिएर पनि चिन्ता गर्न थालिएको छ ।

प्रचण्डले आफूलाई कसरी सम्हाल्लान् भनेर चिन्ता र चासो व्यक्त गर्न थालिएको छ । माओवादीको कार्यकर्ता पंक्तिमात्र नभई सिंगो नेपाली समाज स्तब्ध देखिएको छ ।

प्रकाशले तीन वटा विवाह गरेका थिए । अहिले उनी बिना मगरसँग एक छोराका साथ बस्दै आएका थिए । जनयुद्धकालमा प्रकाशले माओवादीका नेता पोष्टवहादुर बोगटीकी छोरी प्रभा बोगटीसँग जनवादी विवाह गरेका थिए । नौ वर्ष अगाडि समझदारीमै प्रभासँग प्रकाशले सम्बन्ध विच्छेद गरेका थिए ।

यसपछि प्रकाशले पोखरा हेम्जाकी श्रृजना त्रिपाठीसँग मागी विवाह गरे । श्रृजनाबाट एक छोरा प्रसिद्ध दाहाल छन् । अहिले उनी ७ वर्षका भइसकेका छन् ।श्रृजनासँग दाम्पत्य जीवनको चार वर्षमै प्रकाशले बिना मगरसँग सगरमाथा आरोहणका क्रममा हिमचिम बढेपछि तेस्रो विवाह गरेका हुन् । बिनाको तर्फबाट पनि छोरा छन् । छोरा प्रणब ३ वर्षका भइसकेका छन् ।

प्रकाश दाहालको निधनले सृजना र बिनाको सिउँदोको सिन्दुर पुछिएको छ भने दूई नाबालक छोराहरुले आफ्नो अभिभावक गुमाउनु परेको छ । प्रचण्ड र सिता दाहालका उनि एक मात्र छोरा हुन् । उनका तीनजना दिदी बहिनी रहेका छन् ।

 

विशेष