मुख्य समाचार

प्रकाशका दुवै श्रीमती अचेत

प्रकाशका दुवै श्रीमती अचेत


काठमाडौं । पूर्व प्रधानमन्त्री पुष्पकमल दालका पुत्र प्रकाश दाहालको निधनले सारा सञ्चारमाध्यम तताएको छ ।

जेठी श्रीमती सिर्जना श्रीपाठी पनि काठमाडौं आइपुगेकी छिन् । त्यस्तैगति चुनावी प्रचारप्रसारमा कञ्चनपुर पुगेकी प्रकाशकी कान्छी श्रीमति बिना मगर पनि काठमाडौं आएर सिधै थापाथलीस्थित नर्भिक अस्पताल पुगिसकेकी छिन् । हाल दुवै श्रीमतीको अवस्था निकै नाजुक रहेको र अस्पतालमै स्लाइन पानी दिएर राखिएको स्रोतले जनाएको छ ।

चुनावी प्रचार प्रसारको क्रममा झापामा रहेका पुष्पकमल दाहाल पनि हेलिकप्टरमा काठमाडौं आइपुगेका छन् । आउनेवित्तिकै लाजिम्पाटस्थित निवासमा पुगेका प्रचण्ड श्रीमति सीता दाहालसँग घटनाबारे विवरण लिएर श्रीमति र दुई छोरीसँगै शोकाकुल अवस्थामा अस्पताल प्रवेश गरेका छन् ।

आमा सीता दाहालले बिहान ५ बजे नै उठाउन खोज्दा नउठेको र सुरक्षाकर्मीलाई हार गुहार गरेर अस्पताल पुर्याउँदा अस्पतालले नै मृत दाहालको मृत घोषणा गरेको थियो । केही दिनयता अस्वस्थ रहेका प्रकाशलाई परिवारले अस्पताल जान सुझाए पनि चुनावको कारण सामान्य थकान भएको भन्दै अस्पताल गएका थिएनन । स्वास्थको लापरवाही गरेको कारण पनि उनको निधन भएको अनुमान गरिएको छ ।

हाल थापाथलीस्थित नर्भिक अस्पताल परिसर अस्तव्यस्त रहेको छ । मोओवादी केन्द्रमात्र नभएर नेकपा एमाले , कांग्रेसलगायतका कार्यकर्ता, आफन्तजन तथा सञ्चरकर्मीको बाक्लो उपस्थितीले तनापवपूर्ण अवस्था सिर्जना गरेको छ । केही समयमा नै अस्पताल प्रशाशनले पत्रकार सम्मेलन गर्ने जनाएको छ ।

विशेष