समाज

प्रकाशको पार्थिव शरीरमा झण्डा ओढाउँदा प्रचण्डले आफूलाई थाम्नै सकेनन्

प्रकाशको पार्थिव शरीरमा झण्डा ओढाउँदा प्रचण्डले आफूलाई थाम्नै सकेनन्

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छोरा प्रकाशप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । आइतबार बिहानै आकस्मिक हृदयघातका कारण प्रकाशको निधन भएपछि चुनावी कार्यक्रममा रहेका उनी झापाबाट काठमाडौं आएका थिए ।

प्रकाशको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ ।  प्रकाश दाहाललाई पार्टीको झण्डा ओढाएर प्रचण्डले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका हुन् । त्यसबेला उनको आँखाभरी आँशु देखिएको थियो ।

विशेष