यस्तो थियो प्रकाश दाहालको जीवन शैली (फोटो फिचर)
काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहालको निधनसँगसँगै उनका जीवनशैलीबारे विभन्न खाले धारणाहरु बाहिर आइरहेका छन् । केहीले उनको मृत्युको दिनमा पनि उनको जीवनशैलीलाई लिएर नकारात्मक टिप्पणी गरिरहेका छन् । हामीले उनको जीवनशैलीलाई फोटो मार्फत पाठकहरु समक्ष पुर्याउने जमर्काे गरेका छौं । उनको जीवनका केही महत्वपूर्ण गतिविधि झल्कने तस्बिरहरु
१. जनयुद्धको समयमा सहयोद्धाहरुसँग ।
२. कपनमा सुंगुर पालन गर्ने बेला खिचिएको ।
३. यस वर्षको दशैंमा आमाबाट टीका थाप्दै प्रकाश दाहाल, दाहाल परिवारले झण्डै २० वर्षपछि यस पटक दशैं मनाएको थियो ।
४. रक्सीको नशामा प्रकाश दाहाल ।
५. हालै निधन भएका होचा कलाकार ‘दीपेन सर’ सँग ।
६. नेपाल प्रहरीको डीएसपीको पोशाकमा ।
७. जनयुद्धकालमा बन्दुकसँग खेल्दै ।
८. बाबा रामदेवको शरणमा दिदी रेणुसँग ।
९. सगरमाथालाई आफूसँग नाप्दै ।
१०. अहिले साथै रहेकी श्रीमती बिना मगरसँग सगरमाथा चढेका बेला, जुन तस्बिरले दाहाल परिवारमा खैलाबैला मच्चिएको थियो ।