खेल

अफगानिस्तानलाई पहिलोपटक यू-१९ एशिया कपको उपाधि

अफगानिस्तानलाई पहिलोपटक यू-१९ एशिया कपको उपाधि

एसीसी यू–१९ युथ एसिया कपको च्याम्पियन अफगानिस्तान बनेको छ । यसअघिको तीन संस्करणमा सेमिफाइनलमा पराजित भएको अफगानिस्तानले पाकिस्तानलाई फाइनलमा रनले पराजित गर्दै पहिलो पटक उपाधि जितेको हो ।

२४९ रनको लक्ष्य पछ्याएको पकिस्तानलाई ६३ रनमा अलआउट गर्दै अफगानिस्तानले ऐतिहासिक उपाधि जितेको हो । टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २४८ रन बनाएको थियो । अफगानिस्तानको लागि इक्राम अली खिलले सर्वाधिक नटआउट १०७ रन बनाएका थिए । यस्तै रहमानुल्लाह गुर्बाजले ४० तथा इब्राहिम जद्रानले ३६ रन जोडे । पाकिस्तानका लागि मोहम्मद मुसाले ३ तथा साहिन साह अफ्रिदीले २ विकेट लिए ।

जवाफमा अफगानिस्तानको धारिलो बलिङसामु टिक्न नसकेको पाकिस्तान २२.१ ओभरमा ६३ रनमा अलआउट भयो । अफगानिस्तानका मुजिव उर रहेमानले ५ विकेट लिए । यस्तै क्वाएस अहमदले ३ विकेट लिए ।

पाकिस्तानका मोहम्मद तहाले १९ तथा मुहम्मद हसन खानले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । अफगानिस्तानले समूह चरणको पहिलो खेलमा पनि पाकिस्तानलाई ५७ रनमा अलआउट गरेको थियो ।

प्रतियोगिता भर कूल २० विकेट लिएका अफगानिस्तानका मुजिव उर रहेमान म्यान अफ दी सिरिज घोषित भए ।

ACC U-19 Asia Cup

विशेष